गायीका म्याडोनाको बलात्कार भएको खुलासा

अमेरिकी पपस्टार म्याडोना बलात्कार भएको खुलासा भएको छ। ५५ वर्षिय अमेरिकी पपकी रानी मानिने म्याडोना आफैले अमेरिकाको न्युयोर्कमा कसैले चक्कु देखाएर आफ्नो बलात्कार गरेको सार्वजनिक गरेकी हुन्। तर यो आजको कुरा भने होइन्, उनि पपस्टार नबन्दै भर्खर न्युयोर्क आएका बेला उनिमाथी यस्तो बज्रपात भएको थियो। म्याडोनाले आफ्नो बलात्कार भएको कुरा यसअघि कहिल्यै पनि बताएकी थिइनन्।चर्चित म्यागेजिन हार्पर बजारको नोभेम्बर इस्युमा म्याडोनाले यस्तो लेखेकी हुन् ।


म्याडोनाले न्युयोर्कले आफूलाइ खुल्ला दिनले स्वागत नगरेको भन्दै त्यसताका आफ्नो अपार्टमेन्ट ३ पटक फोडिएको र रेडियो समेत लुटिएको बताएकी छिन्।म्याडोनाले लेखमा अफ्रिकाबाट धर्मपुत्रका रुपमा ल्याएको छोरा डेभिडका विषयमा पनि लेखेकी छिन्।म्याडोनाले आफूले गरेका विवादास्पद क्रियाकलापहरु जस्तै-स्टेजमा हस्तमैथुनको अभिनय, सेक्स किताबको प्रकाशन, अवार्ड कार्यक्रममा ब्रिटनी स्पेयरलाई गरेको किस र अफ्रिकाबाट ल्याएको छोराको विषय उल्लेख गरेकी छिन्। उनले यसले आफूलाई अफ्ट्यारो परे पनि ठुलो पाठ सिकेको लेखेकी छिन्।
साभार स्रोत : नेपाली हेडलाइन्स

0 comments

Post Your Comments :