ब्ल्याक होल को थ्योरी सुल्झियो !

वासिङटन, अमेरिकाको मिशिगन स्टेट यूनिभर्सिटीका अनुसन्धानकर्ताहरूले दावी गरे अनुसार उनीहरूले वैज्ञानिक स्टीफन हकिङको ब्ल्याक होल थियोरीलाइ सुल्झाएका छन । यूनिभर्सिटीका प्रफेसर क्रिस एडमी ले बताए अनुसार सन १९७५ मा हकिङले आफ्नो एक रिसर्चमा बताएका थिए कि ब्ल्याक होल्सका सबै होल ब्ल्याक छैनन । वास्तवमा यसले बिना कुनै चमक रेडिएशन फैलाउँदछन । यसलाइ हकिङ रेडिएशन भन्ने गरिन्छ । यस वास्तविक थियोरीमा हकिङले भनेका थिए कि रेडिएशनले बिस्तार बिस्तार ब्लयाक होललाइ खाने गर्दछन वा सम्भवत: लुप्त हुने गर्दछ । अर्थात जे पनि ब्ल्याक होलमा जान्छ, त्यसलाइ उसले खाने गर्दछ । यद्दपी, यस थियोरीमा एक मूलभूत समस्या छ, जुन हकिङको कुराहरूमा विरोधाभासलाइ जन्म दिन्छ । प्रो. एडमी भन्छन कि क्वान्टम फिजिक्सको कुरा मान्ने हो भने कुनैपनि जानकारी कहिल्यै हराउँदैन । यसलाइ अझ प्रष्ट पार्दै उनी भन्छन कि जानकारी हराउनुको मतलब के हुन्छ भने ब्ल्याहोलले कुनैपनि कणहरू निलेपछि हाम्रो ब्रह्मांड हरेक समय अप्रत्याशित तरीकाले परिवर्तन महसुस गर्नेछ । यो कुरा सोच भन्दा बाहिरको छ कि भौतिकको कुनैपनि नियमले यसको अनुमति दिँदैन । यदि व्ल्याक होल आफ्नो तीव्र गुरुत्वाकर्षणका कारण कुनैपनि जानकारीलाइ सोस्दछ भने यी सबै जानकारीहरू गायव हुने गर्दछन, जुन क्वान्टम फिजिक्सको नियम विपरित छ ।

0 comments

Post Your Comments :