रामचन्द्र निवासमा असन्तुष्टहरुको भिड

' बोहोराटार असन्तुष्टहरुको हेडक्वाटर बन्दै '






काठमाडौं,चैत१४–कांग्रेसभित्रको पछिल्लो शक्ति–सन्तुलनमा उपसभापति रामचन्द्र पौडेल पनि चर्चामा छन् । उनको निवास बोहराटारमा अहिले नेता–कार्यकर्ताको भीड लाग्न थालेको छ । प्रधानमन्त्री र मन्त्रीहरूसँग पहुँच भएका कांग्रेसका नेता कार्यकर्ता बालुवाटार र पुल्चोकमा देखिए जस्तै असन्तुष्टहरूको भेला भने पौडेल निवासमा हुन थालेको छ । पौडेल निवासमा प्रधानमन्त्री सुशील कोइरालासँग र शेरबहादुर देउवासँग असन्तुष्ट नेता–कार्यकर्ता बोहराटारमा जान थालेका छन् । प्रधानमन्त्री चुनिएपछि कांग्रेस सभापति कोइरालाले कार्यवाहक दिन आलटाल गरेको भन्दै असन्तुष्ट उपसभापति पौडेलले नयाँ योजना बनाएका छन्, बलियो गुट निर्माणको । उनी अहिले प्रधानमन्त्री कोइरालालाई भेट्न बालुवाटार पनि जान छाडेका छन् । झलनाथ खनाल प्रधानमन्त्री हुँदा केपी ओली पनि बालुवाटारमा गएका थिएनन् । प्रधानमन्त्री हुनुपूर्व कोइरालाले पौडेलको सहयोग माग्दै प्रधानमन्त्री भएपछि कार्यवाहक दिने बताएका थिए । तर, पौडेललाई दिंदा संसदीय दलमा ४६ प्रतिशतको शक्तिमा रहेका वरिष्ठ नेता देउवा रिसाउने र देउवालाई दिंदा कोइराला खानदानबाट कांग्रेसको राजनीति टाढिने सभापतिको विश्लेषण गरेका छन् । यसैका आधारमा उनले कार्यवाहक सभापतिको जिम्मेवारी पौडेललाई दिन नमानेको कांग्रेसका एक केन्द्रीय सदस्यले बताए । कार्यवाहकको जिम्मेवारी नपाएपछि कोइरालासँग असन्तुष्ट नेताहरूलाई आफ्नो समूहमा तान्ने रणनीतिमा पौडेल लागेका छन् । उनी पछिल्लो समयमा गुट बलियो नबनाएसम्म केही हुँदोरहेनछ भन्ने निष्कर्षमा पुगेका छन् । गत संविधानसभा चुनावको टिकट बाँडफाँडमा पनि कोइराला र देउवाले भागबन्डा गरेका थिए । उपसभापति पौडेलले यत्तिकै चित्त बुझाएका थिए । उपसभापति पौडेलको पक्षमा करीब १२ सभासद् छन् । उनीहरूलाई गोलबन्द गरेर गुटको महाधिवेशनसम्म गुटको राजनीति चर्काउने पौडेलको योजना छ । यसरी दबाब दिन सक्ने निर्णायक शक्ति बनाए महाधिवेशनबाट धेरै उपलब्धि प्राप्त गर्न सक्ने पौडेलको सोच रहेको कांग्रेसका एक केन्द्रीय सदस्यले बताए । कोइरालाले कार्यवाहक सभापतिको जिम्मेवारी नदिएपछि उपसभापति रामचन्द्र पौडेल रुष्ट भएका पौडेलले सभापति कोइरालाले सहमति तोडेको समेत आरोप लगाउन थालेका छन् । उपसभापति पौडेलले संसदीय दलको चुनावमा सहयोग गरेपछि आपूmले कार्यवाहक पाउने सहमति भएको, तर डेढ महीनासम्म पनि सभापति कोइरालाले कार्यान्वयन नगरेको आफु निकटकाहरूसँग बताउन थालेका छन् । यही रीसमा उनी उपसभापति बालुवाटार पनि जान छाडेको कांग्रेस वृत्तमा चर्चा छ । कांग्रेस स्रोतका अनुसार सभापति कोइराला तत्काल कसैलाई पनि कार्यवाहकको जिम्मेवारी दिन चाहँदैनन् । महाधिवेशनसम्म दुवैलाई कार्यवाहक नदिने मनस्थितिमा उनी छन् । उनी पौडेल र देउवा दुवैलाई दिंदा उपयुक्त नहुने निष्कर्षमा रहेको बताइएको छ । आगामी महाधिवेशनमा देउवाले सभापति हुने रणनीति बनाएका छन् । यसै कारण कोइरालाले देउवालाई कार्यवाहक दिनै चाहेका छैनन् ।

0 comments

Post Your Comments :