चुरोट खानेले नखानेलाई मार्दै छन् !

१. सेकेन्ड ह्याण्ड स्मोकिङ् भनेको त्यो धुँवा हो जुन अरूले चुरोट सल्काएपछि वातावरणमा फैैलिन्छ  र  सेवन नगर्ने व्यक्तिलाई पनि त्यत्तिकै असर गर्छ । २. विश्व स्वास्थ संगठनको सूर्ती नियन्त्रणसम्बन्धी महासन्धिको धारा ८ अनुसार धूमपानको धुँवाको कुनै सुरक्षित मात्रा छैन । सय प्रतिशत धुँवामुक्त वातावरण मात्र जनतालाई सेकेन्ड ह्यान्ड स्मोकिङबाट बँचाउने उपाय हो । ३. सेकेन्ड ह्यान्ड स्मोकिङ्ले ६० लाख मानिसको अल्पायुमा मृत्यु हुन्छ । धुँवामा ४ हजार भन्दा बढी रसायन हुन्छन् र यीमध्ये २ सय ५० वटा रसायन बढी हानिकारक मानिन्छन्  । यीमध्ये ५० भन्दा बढीले क्यान्सर लगाउने सम्भावना हुन्छ । ४. वयस्क मानिसमा सेकेन्ड ह्यान्ड स्मोकिङ्का कारण मुटु र स्वासप्रश्वाससम्बन्धी क्यासर हुन्छ । साथै गर्भवती महिलालाई यसको असर परेमा कम तौल भएका बच्चा जन्मन्छन् ।
५. छुट्टै वा भेन्टिलेटेड चुरोट खाने क्षेत्रले पनि सेकेन्ड ह्यान्ड स्मोकिङबाट बचाउँदैन । सेकेन्ड ह्यान्ड स्मोक एउटा क्षेत्रबाट अर्को क्षेत्रमा सजिलै बहन सक्छ । ६. लगभग ४० प्रतिशत बालबालिका सेकेन्ड ह्यान्ड स्मोकिङ्को प्रभावमा पर्छन् । बालबालिकाको मृत्युको ३१ प्रतिशत कारण सेकेन्ड ह्यान्ड स्मोकिङ् हो । ७.सेकेन्ड ह्यान्ड स्मोकिङ्को प्रभावमा पर्ने युवा दुई गुणा बढी चुरोटको लतमा लाग्ने गर्छन् । ८. विश्वको दश प्रतिशत सूर्तिजन्य पदार्थको आर्थिक भार सेकेन्ड ह्यान्ड स्मोकिङ्मा जान्छ । ९. विश्वका ९४ प्रतिशत व्यक्ति धुवाँमुक्त कानुनका कारण असुरक्षित छन् । तर सन् २००८ मा सेकेन्ड ह्यान्ड स्मोकिङ्को कडा नियमका कारण यसबाट हुने असुरक्षा ७४ प्रतिशतमा झरेको छ । विश्वको सयवटा धेरै जनसंख्या भएका शहरमध्ये २२ वटा मात्र धुँवारहित छन् । १०. सेकेन्ड ह्यान्ड स्मोकिङ्बाट बचाउँन विश्व स्वास्थ्य संगठनले एमपावर नामक प्याकेज ल्याएको छ, जुन सूर्ती नियन्त्रणसम्बन्धी महासन्धिमा उल्लेखित छ । 

0 comments

Post Your Comments :