एसएलसी प्रश्नपत्र बिगि्रए नम्बर डायल गर्ने सुविधा

एसएलसी प्रश्नपत्र बिगि्रए नम्बर डायल गर्ने सुविधा
काठमाडौ, फाल्गुन २९ - परीक्षा नियन्त्रण कार्यालय (पनिका)ले एसएलसी प्रश्नपत्रमा आउने गल्तीबारे जानकारी दिन 'अडियो नोटिस' को व्यवस्था गरेको छ । परीक्षा सुरु भएलगत्तै प्रश्नपत्रमा कुनै गडबढ वा आशंका लागे त्यसबारे यो सुविधा प्रयोग गरी जानकारी लिन सकिन्छ । विषयविज्ञहरूले तयार पार्ने प्रश्नपत्र छापिँदा बिग्रन सक्ने भएकोले यस्तो व्यवस्था गरिएको हो । १६१८०१६६३३११४६ नम्बरमा डायल गरेर प्रश्नबारे सुन्न सकिने उपनियन्त्रक गणेश ढकालले बताए । 'डायल गर्दा कुनै सूचना पाइएन भने प्रश्न सही छ भन्ने बुझनुपर्छ,' उनले भने, 'अडियो नोटिसमा आवश्यकता अनुसार सूचना राखिएको हुन्छ ।' यो सूविधा केन्द्राध्यक्ष, निरीक्षकले मात्र प्रयोग गर्न सक्छन् । प्रश्न गलत भएको जानकारी पाए उनीहरूले विद्यार्थीलाई जानकारी गराउनुपर्ने हुन्छ । विद्यार्थीले प्रश्न नबुझेर गलत उत्तर नेदेओस् भनेर अडियो नोटिसको व्यवस्था गरेको हो । 'प्रश्नले खोजेको उत्तर सही होस्, गल्तीपूर्ण प्रश्न सच्याउन पाओस भनेर यो व्यवस्था गरिएको हो,' ढकालले भने । एसएलसी चैत ६ देखि १४ गतेसम्म हुँदै छ । १ हजार ८ सय ३६ केन्द्रबाट ५ लाख ६६ हजार ८५ विद्यार्थीले परीक्षा दिँदै छन् । नियमिततर्फ ४ लाख १९ हजार ३ सय ५२ र एक्ज्याम्टेडमा १ लाख ४६ हजार ७ सय ३३ छन् । प्रकाशित मिति: २०७० फाल्गुन २९ १२:००

0 comments

Post Your Comments :