दिलशोभालाई ‘यौन दुराचार आरोप’ प्रमाणित भएन, मानब बेचबिखनतिर मोडियो अनुसन्धान

|
|
अमेरिकामा विदेशी नागरिकलाई बालबालिका पठाएको र आश्रममा आश्रित बालबालिकालाई अरुको घरमा काम गर्न पठाएको जस्ता विषयमा भने अनुसन्धान जारी छ । यो प्रमाणित भए उनीमाथि बालबालिका बेचबिखन अन्र्तगतको मुद्दा चल्ने बाल कल्याण समितिले जनाएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौं र प्रहरीले पनि दिलशोभा बारे छुट्टै अनुसन्धान गरिरहेको छ ।
‘यौन दुराचारको अभियोग प्रमाणित भएन, तर दिलशोभामाथि मानव बेचबिखनको ऐन भने आकर्षित हुने देखिएको छ ।,’ बाल कल्याण समितिका अध्यक्ष डिल्ली गिरीले भने, ‘एउटा दर्ता नभएको संस्थाले विदेशीलाई बालबालिका पठाउनु बेचबिखन नै हो, त्यसमा पनि अनुसन्धान भइरहेको छ ।’ यसको अनुसन्धान अन्तिम चरणमा पुगेको उनले जानकारी दिए ।
अध्यक्ष गिरीले केही दिनमै नयाँ अनुसन्धानबारे तथ्य सार्वजनिक गर्ने बताए । उनका अनुसार, दिलशोभाले पोखरा र अन्य ठाउँमा पनि बालबालिकालाई कामका लागि पठाएको भेटिएको छ । घरेलु कामका लागि पठाएका सबै बालबालिकाको उद्दार गरिसकेको भन्दै उनले ती बालबालिकासँगको कुराकानीबाट गम्भीर खालका सूचना प्राप्त भएको दाबी गरे ।
‘यातना दिने, पिट्ने, अनावश्यक काम लगाउने कुरा पनि आएको छ, अहिले हामी त्यसमा अनुसन्धान गरिरहेका छौ ।’– गिरीले भने ।
दिलशोभाले पनि केही बालबालिकालाई आफूले पढ्न शर्तमा पठाएको यसअघि नै स्वीकारेकी थिइन । अनुमति बेगर बालगृह संचालन गरेको प्रमाणित भइसकेपनि आफूले जानाजानी कुनैपनि गल्ती नगरेको दिलशोभाले बताउने गरेकी छिन् ।

|
|




0 comments
Post Your Comments :