कठै खेलकुद

काठमाडौं, चैत्र १५ – पुबुदु दासानायके राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मात्र होइनन्, खेलाडीमाझ ‘फादर फिगरु का रूपमा सम्मानित छन्। नेपाली क्रिकेटलाई कीर्तिपुरबाट विश्वकपको मञ्चसम्म पुर्या्उने श्रेय उनको मिहिनेतलाई उत्तिकै जान्छ, जति खेलाडीहरूको लगनलाई।
संयोग कस्तो पर्योै भने बंगलादेशमा जारी ट्वान्टी–२० विश्वकपमा नेपालले ऐतिहासिक प्रदर्शन गरेर फर्केकै बेला पुबुदुको करार सकिन लागेको थियो। सामान्य अवस्था भइदिएको भए त्यत्रो सफलता दिलाउने प्रशिक्षकको करार कसैले, केही नभनी नवीकरण हुनुपर्थ्यो।
तर, त्यसो भएन।
पुबुदुलाई निरन्तरता दिने कि नदिने भन्नेमा नेपाल क्रिकेट संघ (क्यान) नै दुई चिरा बन्यो। एकथरी पदाधिकारी सम्झौता नवीकरण नगर्न दबाब दिन थाले। पुबुदुले आफ्नो प्रशिक्षणकालमा यस्तो अभूतपूर्व सफलताको पृष्ठभूमि खडा गरेका थिए, त्यससामु विपक्षी स्वर मसिनो हुँदै बिलायो। सामाजिक सञ्जालहरू उनका पक्षमा तातिरहेकै बेला कप्तान पारस खड्काले आफैं अघि सरेर बोले, ‘पुबुदु सर हाम्रो टोलीका ‘फादर फिगरु (पिता व्यक्तित्व) हुनुहुन्छ। पितालाई जोगाउन सकेनौं भने हाम्रो (बालबच्चा) अवस्था के होला ?
अन्ततः क्यानको कार्यसम्पादन समिति एक वर्षका लागि पुबुदुको करार नवीकरण गर्न बाध्य भयो।
क्रिकेटको यस घटनाले समग्र नेपाली खेलकुदको तस्बिर उजागर गर्छ। नेपाली खेलकुदलाई धमिराले काठ धोत्याएझैँ भित्रभित्रै खोक्रो पार्दै लगेको राजनीतीकरणको पछिल्लो ज्वलन्त उदाहरण हो यो।
आफ्नो काम खुरुखुरु गर्ने स्वभावका पुबुदु खेलाडीमाझ प्रिय भए पनि क्यानका केही पदाधिकारी उनलाई हटाउन लागिपरेका थिए। उनको अन्तर्राष्ट्रिय पहुँच कतिलाई बिझाउने काँडा बनेको थियो। अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) ले क्यानमा पठाउने हरेक विकास तथा प्रशासनिक बजेटबारे पुबुदुलाई जानकारी गराएको उनीहरूलाई चित्त बुझेको थिएन। यसले आफूखुसी पैसा चलाउने सपना देखिरहेका ‘लोभीपापीुहरूको मन कामेको थियो सायद। यसैबीच पुसमा एकदिवसीय विश्वकप छनोटका लागि न्युजिल्यान्ड जानुअघि टिम नेपालले क्रिकेट सामग्री माग गर्यो । क्यान सदस्यहरूको सहभागितामा खरिद गरिएको सामग्री निम्नस्तरको भन्दै पुबुदुले सार्वजनिक रूपमै असन्तुष्टि जनाए।
यो घटनापछि पुबुदुलाई छिर्के हान्न खोज्नेहरू झन् आगो भए। उनीहरू मौका कुर्न थाले। करार सकिन लागेकाले नवीकरण रोकेर पुबुदुलाई ‘रनआउटु गर्ने उनीहरूको प्रपञ्च थियो। तर, टिम नेपाललाई सानदार सफलता दिलाएर पुबुदुले नै ‘क्लिन बोल्ड’ गरिदिए।
कुरा पुबुदुसँग मात्र जोडिएको छैन। उनी सधैँ नेपाली क्रिकेटसँग रहिरहने पनि होइनन्। जुन प्रवृत्तिले उनलाई हटाउन खोज्यो, जबसम्म त्यो दीर्घरोगझैँ टाँसिइरहन्छ, नेपाली खेलकुद उँभो लाग्नै सक्दैन भनेर आजको नागरिक दैनिकमा यो समचार छापिएको छ ।

0 comments

Post Your Comments :