National
»
उपचार खर्च तिर्न नसकेपछि आमा अस्पतालमै, घरमा छोराछोरीको बिचल्ली - See more at: http://www.npnews.net/upachar-kharcha-navayepaxi-bichalli/#sthash.2xkP6549.dpuf
उपचार खर्च तिर्न नसकेपछि आमा अस्पतालमै, घरमा छोराछोरीको बिचल्ली - See more at: http://www.npnews.net/upachar-kharcha-navayepaxi-bichalli/#sthash.2xkP6549.dpuf
नेपालगञ्ज१५चैत- नेपालगञ्जमा उपचार गराईरहनु भएका डडेल्धुरा जिल्लाको बगरकोट गाविस न्यालेकका ३५ बषिर्या बसन्ती देवी कामी उपचार रकम अभावका कारण अस्पतामै बस्न बाध्य हुनु भएको छ । एक महिना अघि लड्नु भएका कामीको उपक्षेत्रिय अस्पताल डडेल्धुरा ल्याईएको भएपनि नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा रिफर गरिएको थियो । नेपालगञ्ज पुगेपछि उपचार राम्रो भएको तर अस्पतालमा लागेको खर्च तिर्न नसक्दा अस्पतालले डिस्चार्ज नगरेको कारण बसन्ती अस्पतालमा बस्न बाध्य हुनुभएको हो । बसन्तीको उपचारको खर्च जुटाई घर ल्याउन आजदेखि डडेल्धुराका विभिन्न सरकारी तथा गैर सरकारी संस्थाले आर्थिक संकलन गर्ने जनाएका छन् । जिल्लाका सम्पूर्ण व्यापारी उद्योगी संघ संस्था तथा सर्व साधारणलाई सहयोगको लागि आग्रह गरिएको छ । घाईते बसन्ती अस्पतालमा बसेपछि घरमा रहेका तीन जना छोराछोरी अलपत्र परेको पारिवारिक स्रोतले जनाएको छ ।
0 comments
Post Your Comments :