कस्तो अचम्म ! गर्भ रहेको थाहा नपाई बच्चा जन्मियो

बेलायतमा एक २५ वर्षीया महिलाले गर्भवती भएको थाहै नपाई ट्वाइलेटमा बच्चा जम्माएकी छिन्। पेट दुखेपछि उनी बिहानै शौचालय गएकी थिइन्, जहाँ उनले बच्चा जन्माइन्। वेल्स काउन्टीकी गैनो जेप्कोले २ दशमलव ९ किलो वजन भएको बच्चा जन्माएको मिरर न्यूजले जनाएको छ।

शिशुको नाम ओले जेम्स राखिएको छ। जेप्कोले आफू गर्भवती भएको थाहै नभएको बताएकी छिन्। ‘लगातार पिरियड भैरहेको थियो, तर, तौल केही बढेको थियो,’ उनले भनेकी छिन्- ‘गर्भवती भएको कुनै लक्षण्  देखिएन। न मर्निङ सिकनेस, न कुनै पीडा।’ यो समयमा उनले सुपर मार्केटमा काम गरिरहिन्। यतिसम्म कि उनले म्याराथुनमा समेत भाग लिइन्।

अहिले बच्चा जन्मिएको समयका आधारमा हिसाब गर्दा त्यतिबेला उनको पेटमा ५ महिनाको शिशु थियो। चिकित्सकहरूका अनुसार ६ सयमा एक महिलालाई गर्भवती भएको थाहा नहुन सक्छ।

0 comments

Post Your Comments :