केटाले केटीको अश्लिल भिडियो खिचेपछि "आत्महत्या"
|
काठमाडौं । प्रेममा परेपछि शारिरिक सम्पर्क समेत भएपछि उनले सेक्स भिडियो नै रेकर्ड गरे । रेकर्ड गर्दा आफ्नो अनुहार देखाएनन्, प्रेमिकाको मात्र खिचे । सोही भिडियो प्रेमिकाको आत्महत्याको कारण बन्यो ।
यो दृश्य चैत्र २१ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘डिभोर्स’को हो । यो चलचित्रको नयाँ प्रोमोले यूवापुस्तामा बढ्दै गएको सेक्स भिडियो खिच्ने शैलीलाई चित्रित गरेको छ ।
रोहित पुरी र निलप्रसाद श्रेष्ठको निर्माणमा तयार भएको यो चलचित्रमा मनिष पन्थकै लेखन तथा छायांकन छ । चलचित्रमा किशोर श्रेष्ठ, आभाष अग्रहरी, सरुना कार्की, बिनिता रम्तेल, बिना थापा, प्रदिप ढकाल लगायतका कलाकारले अभिनय गरेका छन् । चलचित्रमा विशाल हुँमागाई र कृष्ण भण्डारीको संगीत, सानुकुमार महर्जनको द्वन्द्व छ ।
चलचित्रको पहिलो प्रोमोमा केटाले केटीलाई मात्र देखाउन गरी अश्लिल भिडियो खिचेपछि सुरु भएको झगडालाई चित्रित गरिएको छ । ३५ लाखको लगानीमा बनेको सो चलचित्र बुटवल, त्रिवेणीधाम, लुम्बिनी, गजेडी ताल लगायतका स्थानमा छायाङकन भएको निर्देशक पन्थले जानकारी दिए । यो संवादले पनि सिनेमाको मुख्य सारलाई वुझाउने तर्क निर्देशक पन्थको छ
|
0 comments
Post Your Comments :