कुखुराको अण्डाबाट मानिसको जन्म !
|
एजेन्सी । कुखुराको अण्डाबाट चल्ला निस्कनु आश्चर्यजनक कुरा होइन तर चल्ला बन्ने अण्डाबाटै मानिसको बच्चा जन्माउन सकिन्छ भन्ने सुन्दा अनौठो लाग्न सक्छ ।
अनौठो लाग्नु स्वभाविक पनि हो किनकी हामीले व्यवहारिक जीवनमा यो कहिल्यै नसुनेका र नदेखेको कुरा हो । बेलायती जोडी मार्क र सुजेन हार्परले बच्चाका लागि के मात्र गरेनन् । उनीहरुले बच्चा लागि भन्दै उपचारमा ५० हजार डलर खर्च गरे । तर पनि बच्चा भएन । कृत्रिम बिजारोपण उपाय मार्फत बच्चा जन्माउने तयारी गरे त्यो पनि निरर्थक रह्यो ।
तर जहाँ ईच्छा त्यँहा उपाय भनेजस्तो अन्तत उनीहरुले यस्तो उपचार विधि अपनाए जसले उनीहरुलाई बच्चा दिलाउन मद्दत पुग्यो । आखिर बच्चा जन्माउने उनीहरुको सपना साकार पार्ने वरदान बन्यो कुखुराको अण्डा ।
सल्लाहका लागि डाक्टरकोमा गएपछि उनीहरुलाई थाहा भयो की सुजेनको गर्भाशयमा रहेको खतरनाक जीवाणुका कारण बच्चा हुन नसकेको रहेछ । यो जीवाणुले भ्रुण विकास हुन नदिई नष्ट गर्ने गरेको डाक्टरले बताए । त्यसपछि डाक्टरले उनको उपचारका लागि एग याल्क उपचार विधि अपनाए । उपचार सफल भएपछि उनले सन् २०१३ डिसेम्बरमा छोरी जन्माइन । उनले आफ्नी छोरीको नाम कोनी राखेकी छिन् ।
डाक्टरले अण्डाको पहेलो भाग र भटमासको तेल मिलाएर इन्ट्रालिपिड्स बनाए । यसले उनको गर्भासयमा रहेको घातक जीवाणुलाई कमजोर बनायो जसले भ्रुण विकासमा मद्दत पुग्यो र उनी आमा बन्न सफल भइन् । लामो प्रयास पछि आमा बनेकी उनले कुखुराको अण्डालाई धन्यवाद दिएर कहिल्यै नथाक्ने बताउने गरेकी छिन् ।
|
0 comments
Post Your Comments :