लभ हैन एरेन्ज म्यारिज गर्ने भइन् कट्रिना

(एजेन्सी) कहिले सलमान खान त कहिले रणवीर कपुर, बलिवुडकी नायिका कट्रिना कैफको नाम सँधै कुनै न कुनै नायक सँग जोडिदै आएको छ । पछिल्लो समय उनी र रणवीर कपुर बीचको प्रेम प्रशंगले बलिवुड निकै तातेको थियो । यतिसम्म पनि रणवीरले कट्रिनलाई विवाहको प्रस्ताव पनि राखेको सम्म खबर आएको थियो । भारतीय सञ्चारमाध्यमहरुका अनुसार रणवीरको उक्त प्रस्तावलाई कट्रिनाले ठुक्राएकी थिइन् र त्यसपछि उनीहरुबीचको सम्बन्ध त्यति राम्रो छैन । केही समयअघि मात्र एक भारतीय सञ्चारमाध्यमलाई दिएको अन्तरवार्तामा कट्रिनाको अभिव्यक्तिले पनि दुई जनाबीचको सम्बन्ध अहिले चिसिएको अड्कल काट्न थालिएको छ । उक्त अन्तरवर्तामा रणबीरबारे प्रश्न गर्दा कट्रिनाले रणवीर आफ्नो मिल्ने साथी मात्र भएको र विवाह गर्नुलाई दुई हृदयको मेल हुनपर्ने बताएकी छिन् । उनले भनिन्, ‘अझ मलाई प्रेम विवाहभन्दा एरेन्ज म्यारिज मनपर्छ । त्यही भएर मैले मेरोलाई वर खोज्ने जिम्मा मेरो आमालाई दिएकी छु ।’ त्यसैगरी कट्रिनाले सलमान उनको स्पेसल साथी रहेको र उनी सँधै सलमानको निकै सम्मान गर्ने बताइन् । ‘म अझै पनि केही अप्ठ्यारो पर्दा उनको सल्लाह लिन्छु । म सँधै केही पर्दा उनलाई भरोसा गर्न सक्छु,’ कट्रिनाले बताइन् ।
0 comments
Post Your Comments :