लोग्नेमान्छेलाई कुकुर झैं डोर्याइन महिलाले
|
नहोस् पनि किन ? एक स्मार्ट युवती सर्ट पाइन्टमा सजिएका युवकलाई दाम्लोले बाँधेर मर्निङ बाकमा कुकुरलाई झै हिँडाइरहेकी थिइन् । यस्तो गरेकोमा न ती युवतीलाई कुनै पछुतो देखियो न लाज । बरु निकै धक फुकाएर हातमा कफी पिउँदै हिँडिरहेकी थिइन् । युवती को हुन् र उनले किन यसो गरिन् भन्ने खुलेको छैन । तर, ट्विटर प्रयोगकर्ताहरुले घटनाको तस्वीर खिचेर ट्वीट गर्दै बिभिन्न अडकलबाजी गरेका छन् ।
यी युवतीले युवकलाई किन यसरी सजायँ दिइन र युवक लुरुलुरु हातपाउ टेकेर कंक्रिटमा लतारिए भन्नेबारे अनेक रोचक टिप्पणी भएका छन् । कतिपयले यसलाई केही नयाँ उत्पादनको बिज्ञापन गरेको भनेपनि ती महिलाको कुनै बस्तुको प्रर्बद्धन गर्नेगरि पोशाक लगाएकी थिइनन् ।
|
0 comments
Post Your Comments :