हतियार उठाउने माओवादी अध्यक्ष बैद्यको चेतावनी

२३,चैत, वीरगञ्ज । नेकपा-माओवादीका अध्यक्ष मोहन बैद्य किरणले आवश्यकता परे आफ्नो पार्टीले फेरि पनि हतियार उठाउन सक्ने चेतावनी दिएका छन् । माओवादी पर्साको दोश्रो जिल्ला सम्मेलनको उदघाटन समारोहमा बैद्यले आफूहरु शान्ति प्रकृया र संविधान निर्माण प्रकृयाबाट बाहिर राख्ने षडयन्त्र भइरहेको बताए ।
सर्वोच्च अदालतले द्वन्द्वकालीन मुद्दाहरु ब्यूँत्याएर मुलुकलाई फेरि द्वन्द्वतर्फ धकेल्ने काम गरेको भन्दै उनले आफुहरु जनविद्रोहको तयारीमा लागेको बताए । वामपन्थी शक्तिहरु बिचको एकतामा जोड दिएका उनले नयाँ जनवादी क्रान्तिको लागि तयार रहन कार्यकर्ताहरुलाइ निर्देशन पनि दिए ।
एमाओवादीमा आएको बिचलनकै कारण संविधानसभाको निर्वाचनमा यथास्थितीवादी शक्तिहरु कांग्रेस र एमाले हावी भएको उनको टिप्पणी छ । मधेश मुक्तिका लागि पहाडिया विस्तारवादविरुद्ध सशक्त आन्दोलन जरुरी रहेको बैद्यको भनाइ थियो ।
यसअघि सिमरा विमानस्थलमा सञ्चारकर्मीहरुसंग कुरा गर्दै वैद्य किरणले अहिले एमाओवादीसँग पार्टी एकताको सम्भावना नभएको बताउएका थिए । पार्टी एकताका विषयमा कुनै प्रगति नभएको समेत उनले बताए ।

0 comments

Post Your Comments :