शर्मा प्रधानन्यायाधीश

काठमाडौं, चैत २९ – राष्ट्रपति डा.रामवरण यादवले दामोदरप्रसाद शर्मालाई प्रधानन्यायाधीशमा नियुक्त गरी शपथग्रहण गराएका छन् । कामू प्रधानन्यायाधीश रहेका शर्मालाई आजै व्यवस्थापिका संसदको संसदीय सुनुवाई विशेष समितिले प्रधानन्यायाधीशका अनुमोदन गरेको थियो ।
तत्कालीन प्रधानन्यायाधीश खिलराज रेग्मी सरकारप्रमुख भएपछि शर्मा कायममुकायम प्रधानन्यायाधीश तोकिएका थिए । उनीमाथि परेका उजुरीमाथि हिजो सुनुवाई सकेपछि बसेको बैठकले शर्मालाई अनुमोदन गरेको थियो ।
कांग्रेस र एमाओवादीले शर्माको अनुमोदनलाई आलोचनात्मक समर्थन गरेका थिए । राष्ट्रिय जनमोर्चाले असहमति जनाएको थियो भने नेपाल मजदुर किसान पार्टी तटस्थ बसेको थियो । एमालेले भने पूर्णसमर्थन गरेको थियो  ।

0 comments

Post Your Comments :