सुशीलको बोली सुन्दा किन हाँसे प्रचण्ड ? (भिडियोसहित)

 ' क्रान्तिकारीको कार्यक्रममा एक्कासी पुगे प्रधानमन्त्री '



 काठमाडौं, चैत २२ – सन्दर्भ हो, अनेरास्वव्यु (क्रान्तिकारी) को १९ औं राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहको । कार्यक्रममा उप–कुलपतिदेखि लिएर क्रान्तिकारीको माउ पार्टी एकीकृत नेकपा माओवादीका शीर्षस्थ नेताहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको तालिका अनुसार नेताहरुले आ–आफ्नो स्वागत मन्तव्य दिने क्रम जारी थियो । प्रायः सबै नेताहरुले आ–आफ्नो मन्तव्य राखेर विदा भइसकेका थिए । मन्तव्य दिनेमा एमाओवादी अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता डा. बाबुराम भट्टराई मात्र बाँकी थिए । तर त्यतिकैमा कार्यक्रममा उपस्थित भए, प्रधानमन्त्री सुशील कोइराला । उनको आकस्मिक आगमनले कार्यक्रमको वातावरण नै परिवर्तन गरिदियो । निकै गम्भिर राजीनितिक कुरा चलिरहेको कार्यक्रममा एकाएक हाँसोको फोहोरा छुट्न थाल्यो । तपाईं सोच्दै हुनुहुन्छ होला, एमाओवादीको भातृसंगठनको कार्यक्रममा कहाँबाट प्रधानमन्त्री उपस्थित भए ? हो, त्यहाँ साँचिक्कै प्रधानमन्त्री कोइराला आएका थिएनन्, उनी थिए हाँस्यकलाकार सुबोध गौतम । गौतमले मञ्चमा प्रधानमन्त्री सुशील कोइरालको नक्कल मात्र गरेका थिए । उनले कोइरालाको बोलीको यति सटिक नक्कल गरेका थिए, त्यहाँ उपस्थित सारा विद्यार्थी तथा मञ्चमा आसिन प्रचण्ड, डा. भट्टराई, नारायणकाजी श्रेष्ठलगायत सबैको मुखमा हाँसो ल्याएको थियो । उनीहरुले चाहेर पनि आफ्नो हाँसोलाई नियन्त्रण गर्न सकिरहेका थिएनन् । नेताहरुले एक अर्कालाई घोचपेच र आलोचना गर्दै अघि बढिरहेको कार्यक्रममा गौतमको प्रस्तुतिले एक छिन भए पनि निकै मनोरञ्जन प्रदान गरेको थियो । हेर्नुहोस् गौतमले गरेको प्रधानमन्त्री कोइरालाको नक्कलको भिडियो: गौतमले प्रधानमन्त्री कोइराला लगायत कांग्रेस नेता शेरबहादुर देउवा र रामचन्द्र पौडेलको पनि नक्कल गरेका थिए । त्यस्तै उनले नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य ‘किरण’ र स्वयं डा. बाबुराम भट्टराई तथा अध्यक्ष प्रचण्डको पनि नक्कल गरेका थिए । हेर्नुहोस् भिडियो तलः

0 comments

Post Your Comments :