शंकरको दोश्रो बिहे, निशा गर्भवती भएपछि खुल्यो राज


उसो त रंगिन बजारमा लोक गायिका निशा सुनार र नृत्य निर्देशक शंकर बीसीको बिहेको चर्चा चलेको लामै समय भैसकेको छ । तर पनि यो कुरालाई दुबैले अस्विकार गर्दै आएका थिए । तर शंकरको बच्चा पेटमा बोकेर अमेरिका उडेपछि मात्र निशाले यो कुरालाई फेसबुक मार्फत सार्वजनिक गरेकी छिन् । निशाले शंकरसँग बिहे गर्दाका तस्बिरहरु सार्वजनिक गर्दै हल्लालाई वास्तविकतामा पुष्टी गर्ने काम गरेकी छिन् ।
शंकरले निशासँग दोश्रो बिहे गरेका हुन् । उनीहरु लामो समयदेखि सँगै बस्दै आएका थिए । तर पनि एकअर्काको सम्बन्धलाई भने मिडियाबाट लुकाउँदै आएका थिए । शंकरको घर मनकामना ५, खजुरा, बाँके हो ।  उनले केही बर्ष अघि नेपालगञ्जको वाटरपार्कमा घर किनेका छन् । जहाँ उनको श्रीमती र २ छोरा रहँदै आएका छन् । २ छोरालाई शंकरले राम्रो विद्यालयमा पढाउदै आएका छन् । उनको आमा बुबा भने खजुरामा नै बस्छन् ।
निशासँग  उनको प्रेम चलेको लामो समय भइसकेको  जानकारहरु बताउँछन् । 

तर पहिलो श्रीमतीलाई उनले कसरी राख्छन्, यसबारेमा मुख खोलेका छैनन् ।sankar-nisha-lai-sindur-halयसै वर्षको तीज कार्यक्रममा निशाले पेटमा बच्चा लिएर निकै अप्ठ्यारोसँग गीत गाएकी थिइन् । बढ्दो पेटले मानिसमा आशंका उत्पन्न गर्ने सोचाइले निशा अमेरिका उडेको अनुमान छ । निशालार्इ नजिकबाट चिन्नेहरूका अनुसार उनको पनि शंकरसँगको यो तेश्रो बिहे हो । तर उनको दुबै घरसित सम्बन्ध बिग्रिएको बताइएको छ ।

,

1 comments

म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? हामी 3% ब्याज दर मा ऋण दिन तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क: adams.credi@gmail.com
तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन

Post Your Comments :