४० वर्षअघि अपहरणमा परेकै जहाज

काठमाडौं-पोखराबाट जुम्ला उड्ने क्रममा आइतबार दिउँसोदेखि बेपत्ता नेपाल वायुसेवा निगमको टि्वनअटर जहाज नेपालको प्रजातान्त्रिक आन्दोलन इतिहासमा 'अपहरण काण्ड'सँग जोडिएको छ।

-कलसाइन '९एन–एबिबी' भएको यो त्यही जहाज हो, जुन ४० वर्षअघि पञ्चायती व्यवस्थाविरुद्धको सशस्त्र आन्दोलन क्रममा नेपाली कांग्रेसले अपहरण गरेको थियो।

राजा महेन्द्रले 'कू' गरेको १३ वर्षपछि नेपाली कांग्रेसले सशस्त्र आन्दोलन चर्काएका बेला २०३० जेठ २८ गते जहाज अपहरण गरिएको थियो। त्यतिबेला क्याप्टेन आरके मानन्धर र कोे–पाइलट श्रीदेव वैद्यले यो जहाज उडाएका थिए। काठमाडौंबाट विराटनगर उडेको जहाजलाई कांग्रेस कार्यकर्ताहरू दुर्गा सुवेदी, नगेन्द्र ढुंगेल र वसन्त भट्टराईले अपहरण गरी भारतको पूर्णिया जिल्लास्थित फारबिसगन्ज पुर्‍याएका थिए। उनीहरूले पञ्चायतविरोधी सशस्त्र आन्दोलन निम्ति आर्थिक स्रोत जुटाउन जहाज अपहरण गरेका थिए। जहाजमा नेपाल राष्ट्र बैंकको ३० लाख भारतीय रुपैयाँ थियो।

'राष्ट्र बैंकको ३० लाख भारु थियो। काठमाडौं जानुपर्ने जहाज उडेको एकैछिनमा चालकदललाई नियन्त्रणमा लिएर हामीले फारबिसगन्ज पुर्‍यायौं,' त्यसबेलाको घटना सम्भि्कँदै सुवेदीले आइतबार नागरिकसँग भने।

कांग्रेसका वर्तमान सभापति तथा प्रधानमन्त्री सुशील कोइराला पनि उक्त अपहरणमा संलग्न थिए। उनी फारबिसगन्जको गौचरणमा जहाज अवतरण सजिलो बनाउन सिमलको रुखमा रातो झन्डा फहराउँदै बसेको सुवेदी सम्झन्छन्। ऐतिहासिक महŒवको त्यही जहाज अहिले १८ जना यात्रुसहित बेपत्ता छ।

सुवेदीका अनुसार आन्दोलनका लागि पैसा जोहो गर्न कांग्रेसले जहाज अपहरण गरेको थियो। फारबिसगन्ज अवतरण गरेपछि ३० लाख भारु कब्जा गरी जहाजलाई नेपालतिरै फर्काइएको उनले बताए।

४३ वर्ष पुरानो जहाज

निगमको यो जहाज ४३ वर्ष पुरानो हो। क्यानडाको डा हेभिल्यान्ड कम्पनीले २०२८ वैशाख ८ मा निर्माण गरेको यो जहाज त्यसको दुई महिनापछि असार ३ मा निगमको स्वामित्वमा आएको थियो। त्यसयता निरन्तर उडिरहेको थियो।

यो जहाज यसअघि २०४९ असार २१ मा जुम्लामै सामान्य दुर्घटनामा परेको थियो। त्यसबेला तीनजना सवार भए पनि कसैलाई केही भएको थिएन। मर्मतपछि पुनः सञ्चालनमा आयो।

निगमले योसहित चार दशकभन्दा पुराना दुइटा टि्वनअटर जहाजबाट करिब साढे दुई दर्जन आन्तरिक गन्तव्यमा उडान गरिरहेको छ। अहिले सम्पर्कविहीन जहाजबाहेक अब निगमसँग ९एन–एबिओ कलसाइन भएको एउटा टि्वअटरमात्र बाँकी छ।

निगमले चार हजार घन्टा उडाएपछि टि्वनअटरका इन्जिन पूर्ण मर्मत (ओभरहल) गर्दै आएको छ। दुई दशक अघिसम्म आन्तरिक उडान गर्न निगमसँग करिब एक दर्जन जहाज थिए। कुनै दुर्घटनामा परेर, कुनै ग्राउन्डेड भएरलगायत कारण साना जहाज संख्या घट्दै अहिले निगम एउटामात्र टि्वनअटर जहाजमा खुम्चिन पुगेको छ।

पछिल्लोपटक गत जेठ ३ मा दुईमध्ये एउटा टि्वनअटर जोमसोममा दुर्घटना भएपछि एउटा बाँकी भएको थियो। त्यसपछि अमेरिकी कम्पनी नर्थवेस्ट र भारतीय कम्पनी बर्मन एभिएसनसँग ओभरहल गरिएका इन्जिन साटेर ल्याएपछि दुई जहाज बनाएको थियो। त्यसैमध्ये नर्थवेस्टसँग साटेर ल्याएको इन्जिन सम्पर्कविहीन जहाजमा छ।

,

1 comments

म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? हामी 3% ब्याज दर मा ऋण दिन तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क: adams.credi@gmail.com
तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन

Post Your Comments :