दुईसातामा ५० गुन्डा पक्राउ, छुटाउन नेताहरुको दौडधुप

५ फागुन, काठमाडौं । काठमाडौं प्रहरीले थालेको गुन्डाविरुद्धको अभियानमा ५० भन्दा धेरै पक्राउ परेका छन् ।
व्यवसायीलाई धम्क्याएर असुली गर्दै आएका चलेका गुन्डाका नाइकेदेखि टोले गुन्डासम्म प्रहरी खोरमा परेका छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौं तथा मातहतका प्रहरी वृत्तले दुई सातायता गुन्डागर्दीविरुद्ध अपरेसन थालेका हुन् । सबैजसो वृत्तको हिरासतम अहिले गुन्डागर्दीमा संलग्नहरु थुनामा छन् । काठमाडौं प्रहरी प्रमुख एसएसपी रमेश खरेलले गुन्डागर्दीविरुद्धको कारबाहीलाई पहिलो प्राथमिकतामा राखेर अभियान सुरु गरेपछि वृत्तका प्रमुखहरु स्थानीय गुन्डाहरुको सूची खल्चीमा राखेर खोजीमा लागेका छन् ।
काठमाडौं परिसरले बलराम सापकोटा बलेलगायत चारजनालाई पक्राउ गरिसकेको छ । महाराजगञ्ज क्षेत्रमा गुन्डागर्दीमा सक्रिय दीपक तालु पनि पक्राउ परिसकेका छन् ।
महानगरिय प्रहरी वृत्त स्वयम्भुले हाउजिङ तथा जग्गा व्यवसायीलाई धम्क्याएर पैसा असुलेको आरोपमा कान्छा लामालाई शनिबार पक्राउ गरेको छ । काभ्रे बन्थली घर भएका उनले बालाजुका व्यवसायीलाई धम्क्याउँदै आएका थिए ।
पहिला दीपक मनाङ्गे र गणेश लामाको निकट भएर गुन्डागर्दीमा लागेका कान्छा लामा ठमेलमा रहेको बियर बारका सेयरधनी पनि हुन् । उनलाई छुटाउन कांग्रेसदेखि मधेसी जनअधिकार फोरम नेपालका सभासद्हरु स्वयम्भु वृत्त पुगेका थिए ।
महानगरीय प्रहरी वृत्त सिंहदरबारले पनि ११ जनालाई पक्राउ गरेको छ । थापाथली, बानेश्वर क्षेत्रका व्यवसायीलाई धम्क्याउँदै आएका रिंकी भनिने रिंकज लिम्बु तथा पुरानो बसपार्क क्षेत्रमा गुन्डागर्दी गर्दै आएका लक्षु भनिने सुरज न्यौपानेलागतय पक्राउ परेका छन् । त्यस्तै बानेशवर क्षेत्रमा गुन्डागर्दी गर्दै आएका ११ जनालाई पनि पक्राउ गरी कारबाही थालिएको बानेश्वर वृत्तका डिएसपी रेवती ढकालले बताए ।
 छुटाउन नेताको दौडधुप
गुन्डागर्दीको आरोपमा पक्राउ परेकाहरुलाई छुटाउन उच्चस्तरको राजनीतिक दबाब आएको प्रहरीले जनाएको छ । स्वयम्भूले पक्राउ परेका कान्छा लामालाई छुटाउन कांग्रेस र एमालेका सभासद आइतबार प्रहरी कार्यालयमै पुगेका थिए ।
बलराम सापकोटालाई छुटाउन कांग्रेसका नेतामात्र होइन प्रधानमन्त्री प्रधानमन्त्री सुशील कोइरालाका पिए लक्ष्मण ढकाललगायत लबिङमा छन् । राजनीतिक संरक्षणमा गुन्डागर्दी हुँदै आएकाले छुटाउन पनि राजनीतिक दबाब परेको हो । तर, एसएसपी खरेलले जोसुकैले फोन गरे पनि नछाड्न निर्देशन दिएको नयाँ पत्रिकामा खबर छ । राजनीतिक दबाब नमान्ने स्वभावका खरेलले आफूलाई कसैले दबाब नदिएको बताउने गरेका छन् ।

,

1 comments

म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? हामी 3% ब्याज दर मा ऋण दिन तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क: adams.credi@gmail.com
तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन

Post Your Comments :