हराएको विमान खिदिमको जंगलमा दुर्घटनाग्रस्त : को-को चढेका थिए हराएको विमानमा ?
|
४ फागुन, काठमाडौं । काठमाडौंबाट पोखरा हुँदै जुम्लाका लागि उडेको नेपाल वायुसेवा निगमको ९ एन एबीबी टि्वनअटर जहाज अर्घाखाँचीको खिदिम जंगलमा दुर्घटना भएको पुष्टि भएको छ । विमानमा रहेका १८ जनाको अवस्था अज्ञात छ ।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल टावर स्रोतले दिएको जानकारी अनुसार विमान आगलागी भएको अवस्थामा भेटिएको छ । उद्दारका लागि टोली जाँदैछ ।
सशस्त्र प्रहरी स्रोतले पनि पाल्पा, अर्घाखाची र गुल्मीको सीमामा पर्ने खिदिमको जंगलमा आगो लागेको देखिएको र विन्ध्यवासिनी गण चन्द्रौटा कपिलबस्तुबाट टोली खटिएको बताएको छ ।
सशस्त्र प्रहरी स्रोतका अनुसार पाल्पा, अर्घाखाँची र गुल्मीको सीमामा पर्ने खिदिमको जंगलमा आगो लागेको देखिएको छ र विन्ध्यवासिनी गण चन्द्रौटा कपिलबस्तुबाट टोली खटिएको छ ।
विमानमा चालक दलका ३ सदस्य र १५ जना यात्रु थिए । १५ यात्रु मध्ये एक बच्चा रहेका छन् । पोखरामा रिफ्युलिङ गरेर १२:४० मा उडेको विमानले अन्तिम पटक पोखरा टावरसँग १ बजेर ६ मिनेटमा सम्पर्क गरेको थियो । काठमाडौंसँग ६ मिनेट र भैरहवा टावरसँग २ बजेर १३ मिनेटमा सम्पर्क भएपनि कुराकानी हुन पाएको थिएन ।
विमान जुम्लामा पौन २ बजे नै अवतरण भइसक्नु पर्ने थियो । तर, अहिलेसम्म सम्पर्कमा आएको छैन । विमानको खोजी भइरहेको पोखरा विमानस्थलका एयर ट्राफिक प्रमुख प्रतावबाबु तिवारीले जानकारी दिएका छन् ।
खोजीका लागि नेपाली सेनाको हेलिकोप्टर उडेको छ भने नेपालगञ्जबाट आउँदै गरेको फिस्टेल एयरको विमानलाई पनि हेर्न भनिएको छ । अर्धाखाँची र पाल्पालाई केन्द्र बनाएर खोजी भइरहेको छ ।
*****को-को चढेका थिए हराएको विमानमा ?
अर्घाखाँचीको खिदिम जंगलमा दुर्घटना भएको विमानका लागि १० जनाले कर्णाली ट्राभलबाट टिकट काटेको खुलेको छ ।ट्राभलले जनाए अनुसार टिकट काट्ने कांग्रेस जुम्लाका सभापति मानव सेजुवाल, पत्रकार गौरी कठायत, टेकबहादुर महतरा, नन्दा महतरा, डी महतरा, वर्षा हमाल न्यौपाने, उमा तामाङ, डा. विकल्प पोखरेल, डीपी उपाध्याय र डेनमार्कका नागरिक थिए ।
यस्तै विमानमा राजेन्द्रप्रसाद देवकोटा, हुम्लाका हुलाक प्रमुख उमा श्रेष्ठ, कृष्णनाथ योगी पनि रहेको खुलेको छ । थप दुर्इ यात्रुको परिचय खुलेको छैन ।
विमानको पाइलट शंकर श्रेष्ठ, को-पाइलट रवीन्द्र बन्जारा र एयर होस्टेज मुना महर्जन थिए । विमानमा रहेका यात्रुहरूको अवस्था अज्ञात छ ।

1 comments
Post Your Comments :
31 October 2014 at 13:30
म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? हामी 3% ब्याज दर मा ऋण दिन तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क: adams.credi@gmail.com
तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन