पेन्सनले झन टेन्सन

इलाम, चैत्र १२ – प्रहरी सेवाबाट अवकाशप्राप्त श्रीमानको मृत्युपछि आफैं पेन्सन बुझ्न थालेकी पशुपतिनगरकी धनकुमारी राई यतिबेला छाद्गादबाट खसेझैं भएकी छन् । सरकारले बैंकमार्फत पेन्सन बाँड्ने तयारी गरेपछि खाता खोल्न लाग्दा राईका नाममा १ लाख २८ हजार ५ सय ८८ रुपैयाँ बेरुजु निस्कियो । २०५२ सालदेखि बुझेको पेन्सनमा महिनैपिच्छे ८ सय ५९ रुपैयाँ बढी गएको भन्दै बैंकले उनलाई पहिले त्यो तिरिसक्नुपर्ने पत्र थमाएको छ । अब ३२ महिना पेन्सन नथाप्दा मात्रै राईकोे बेरुजु असुलिन्छ । बैंकले राईलाई मासिक ४ हजार ४५ दिनुपर्नेमा ४ हजार ९ सय ४ रुपैयाँ दिएको रहेछ । अब म बूढीले ३२ महिनासम्म के खाएर बाँच्नु ? आम्दानीको एकमात्र माध्यम पेन्सन भएकी राईले निराश हु“दै सोधिन्, मलाई बढी पैसा दिएको भन्दै अब झन्डै तीन वर्ष नदिने भन्दैछन्, यो अन्याय हो, पहिल्यै किन बढी दिनु त ? श्रीमान तीर्थबहादुर देवानको मृत्युपछि उनले पेन्सन थाप्दै आएकी हुन् । निजामती कर्मचारीकी श्रीमती भक्तिशिला आचार्य भने आक्रोशमा छिन् । आचार्यले बैंक खाता खोल्न लाग्दा ९८ हजार ८ सय ४९ रुपैयाँ एकमुष्ठ पाउने थाहा पाइन् । इलाम नगरपालिका–६ की उनले पहिल्यैदेखि थोरै पेन्सन पाएकी रहिछन् । अब एकैपल्ट त्यो भुक्तानी हु“दैछ। पेन्सन दर पनि बढ्दैछ । बैंकले राम्रो हिसाब नराख्दा मलाई घाटा भएको रहेछ, पेन्सनले जीवन गुजारा गरिरहेकी उनले भनिन्, पहिल्यै यत्तिको रकम आउने जानेको भए ठूलो काम गर्थें, बित्थामा वर्षौं ठगिएर बस्नुपर्योन । जीवनको उर्वर समय नोकरीमा बिताउने सरकारी कर्मचारीलाई बुढेसकाल सजिलो गरी बितोस् भनेर सरकारले उपलब्ध गराउने निश्चित रकमलाई पेन्सन भनिन्छ । शिक्षक, कर्मचारी, प्रहरी र सैनिकले यो सुविधा पाउँछन् । उनीहरूको मृत्युपश्चात पेन्सनको पहिलो हकदार श्रीमती श्रीमान हुन्छन् । बुढ्यौलीमा सानातिना आवश्यकता पूरा गर्न भरपर्दो माध्यम बन्ने पेन्सन अहिले धेरैका लागि पिरलो बनेको छ । इलाममा मात्रै पेन्सन थाप्नेको संख्या एक हजार पा“च सय जति छ । त्यसमध्ये पा“च सयभन्दा बढीको नाममा बेरुजु निस्किएको छ । धेरै पाएर अब नपाउने र थोरै पाएर अब धेरै लिनेको विवरण मिलाउन सरोकारवाला व्यस्त छन् । देशभर पेन्सन थाप्नेको संख्या एक लाख ८५ हजार छ । पेन्सन पट्टा जारी गर्ने निकाय र रकम भुक्तानी गर्ने बैंकको कमजोरीका कारण पेन्सनले पिरोल्न थालेको हो, इलामकी कोष तथा लेखा नियन्त्रण अधिकृत विमिता पोखरेलले मंगलबार भनिन्, ‘जति रकम बढेको हो, पट्टामा ठ्याक्कै त्यति उल्लेख नगरिँदा पेन्सनले बुढ्यौलीमा दुःख पाउने धेरै छन् । अर्थ मन्त्रालयको निवृत्तभरण व्यवस्थापन कार्यालयले बर्सेनि बढेको पेन्सन रकमको तालिका निकाल्छ । त्यसै आधारमा पेन्सन दिइन्छ । यसअनुसार पेन्सन रकम अलगअलग हुन्छ । ३० र २५ वर्ष सेवा गर्ने पियनबीच पेन्सन रकम मिल्दैन । यो उदाहरण सबै दर्जा र श्रेणीमा लागू भए समस्या हु“दैन । तर, पेन्सन वितरण गर्दा दर्जा मात्रै हेरेर श्रेणी याद नगरेको देखिन्छ, पोखरेलले भनिन्, एउटै दर्जाभित्र १२ औं श्रेणीसम्मका कर्मचारी हुन्छन्, उनीहरूको पेन्सन असमान हुन्छ । बेरुजु देखिएका पेन्सनवालाको विवरण तयार पार्दै भविष्यमा यस्तो समस्या दोहोरिन नदिइने उनले बताइन् भनेर आजको नागरिक दैनिकमा यो समचार छापिएको छ ।
0 comments
Post Your Comments :