सिंहदरबारमा कर्मचारीले खान्छन करोडको चिया–पानी

|
|
चियापानीमा मात्रै यत्रो खर्च देखिएपछि मुख्यसचिव लीलामणि पौड्यालले सिंहदरबारभित्र बोतलको पानी र दूध हालेको चिया बन्द गर्न निर्देशन दिएका छन् । एक लिटर बोतलको पानी आउने पैसाले १० लिटर जारको पानी आउँछ । तर सिंहदरबारमा रहेका सबै कार्यालयले बोत्तलकै पानी किन्दै आएका थिए । ‘बोत्तलको पानी जारको भन्दा धेरै महँगो पर्ने रहेछ,’ मुख्यसचिव पौड्यालले भने, ‘सिंहदरबारभित्र बोतलको पानी बन्द गरेर जारको किन्दा लाखौ रुपैयाँ सरकारी खर्च घट्ने भएकाले यस्तो निष्कर्षमा पुगेका हौं ।’
पौड्यालको निर्देशनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा यसै महिनादेखि बोतलको पानी बन्द गरेर जारको किन्न थालिएको छ । प्रधानमन्त्री कार्यालयमा धमाधम जारकै पानी ओसारेर पिउने गरिन्छ । अन्य मन्त्रालयमा पनि बोत्तलको पानी बन्द गरेर जारकै किन्न मौखिक निर्देशन दिइएको छ । अब हुने सचिव बैठकमा यसबारे औपचारिक निर्णय गर्ने तयारी भएको छ ।
प्रधानमन्त्री सुशील कोइरालाको सरकारी खर्च घटाउने नीतिअनुसार मुख्यसचिव पौड्यालले दूधका चिया र बोतलको पानी बन्द गरी कालो चिया र जारको पानी प्रयोग गर्न निर्देशन दिएका हुन् भनेर आजको अन्नपूर्ण पोस्टमा यो समचार छापिएको छ ।

|
|




0 comments
Post Your Comments :