किन नेपाल आउँदैछन् मलेसियाली गृहमन्त्री ?

काठमाडौँ, चैत १४– मलेसियाका गृहमन्त्री डा अहमद जालिद हमिदी आगामी मङ्गलबार नेपाल भ्रमणमा आउने भएका छन् । एक्काइस सदस्यीय उच्चस्तरीय मलेसियाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गृहमन्त्री हमिदी नेपालको तीनदिने भ्रमणमा आउन आउन लागेको मलेसियाका लागि नेपाली राजदूत निरञ्जनमानसिंह बस्न्यातले बताए । भ्रमणबाट नेपालसँगको श्रम सम्बन्ध थप सुमधुर बनाउनुका साथै आपसी सहयोगका नयाँ क्षेत्रहरू पहिल्याउने उद्देश्य गृहमन्त्रीले राखेका छन् । नेपालमा रहँदा उनले नेपाली श्रमिकको व्यवस्थापन, उनीहरूका सेवा सुविधाका साथै पारस्परिक हित र चासोका विविध विषयमा विचारविमर्श गर्ने बस्न्यातले जानकारी दिए । मलेसियामा नेपाली श्रमिकको अधिक माग भइरहेको सन्दर्भमा मलेसियाली गृहमन्त्रीको भ्रमण महत्वपूर्ण भएको उल्लेख गर्दै उनले शान्तिप्रिय एवम् अनुशासित नेपाली कामदारप्रति मलेसियाली रोजगारदाता कम्पनीहरु आकर्षित रहेको बताए । भ्रमणका क्रममा गृहमन्त्री हमिदीले प्रधानमन्त्री सुशील कोइराला, उपप्रधान एवम् गृहमन्त्री वामदेव गौतम र श्रम तथा रोजगार राज्यमन्त्री लगायत विभिन्न दलका नेताहरुसँग बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
0 comments
Post Your Comments :