८० लाख पाए ब्लु फिल्म पनि खेल्छु, किन नखेल्ने ? : मोडल सिर्जना

|
|
थुप्रै देशमा फिल्मको ग्रेडिङ गरेर ब्लु फिल्मलाई पनि मान्यता दिई निश्चित स्थान वा हलहरुमा निश्चित उमेर समूहले मात्र हेर्न पाउने गरी प्रदर्शन गर्ने गरिन्छ । नेपालमा ब्लु फिल्म नै भनेर नबनाए पनि अश्लील दृश्यहरुले भरिएका फिल्महरु भने लगातार बनिरहेका छन् । नेपाली फिल्म क्षेत्रमा विवादास्पद रुपमा आइरहेका यस्ता फिल्महरुले फिल्म क्षेत्रलाई झनै धरासायी बनाउँदै लगेको धेरैको आरोप तथा दावी पनि छ ।
अहिले यस्ता खालका फिल्महरु खेलेर नायिकाका रुपमा प्रस्तुत भएका पनि धेरै छन् । हट सिन, बेड सिन लिएर सनसनी र उत्तेजना फैलाउन केही नयाँ नामका नायिकाहरु अगाडि आइरहेका छन् । विशेषगरी मोडलिङ क्षेत्रमा संघर्ष गरिरहेकाहरु यसरी अश्लील दृश्य दिन तम्सिने गर्दछन् ।
पछिल्लो समयमा निश्चित रकमको माग गरी यस्ता दृश्य दिन तयार युवतीहरु भेटिन्छन् नै । यति रकम पाए यस्तो भिडियोको दृश्य दिन्छु भन्नेहरु पनि छन् । यसै प्रसंगमा मोडल सिर्जना थापाले पनि भनेजस्तो रकम पाए ब्लु फिल्म खेल्न पनि आफू तयार रहेको एक अन्तरर्वार्तामा बताइन् ।
अन्तर्वार्ताका क्रममा उनले ८० लाख रुपैयाँ पारिश्रमिक दिए जस्तोसुकै भनेजस्तै दृश्य दिन आफू तयार रहेको बताइन् । म्यूजिक भिडियोहरुसँगै केही फिल्म समेत खेलेकी सिर्जना ब्लु फिल्मका लागि खुल्न चाहेकी हुन् । उनी भन्छिन्– ‘राम्रो पैसा पाए, राम्रो अफर पाए ब्लु फिल्म पनि खेल्छु, किन नखेल्ने ? तर त्यसको लागि कम्तिमा ८० लाख रकम ग्यारेन्टी गर्नुपर्छ ।’

|
|



.jpg)
0 comments
Post Your Comments :