बढी हस्तमैथुन गर्नु हानिकारक

हस्तमैथुनले मानिसलाई फाइदा गर्ने भए पनि बढी मात्रामा हस्तमैथुन गर्नु शरीरका लागि हानि पुर्याउनु हो । डा. रूपाखेतीले हस्तमैथुन एक स्वाभाविक यौन अभिव्यक्ति भएकाले यसलाई निश्चित सीमासम्म सुरक्षित तवरले गर्दा कुनै हानि नगर्ने बताए । उनका अनुसार, सातामा दुईदेखि तीनपटकसम्म हस्तमैथुन गर्नु राम्रो हुन्छ । तर, त्योभन्दा बढी गर्दा नकारात्मक असर पर्न सक्छ । महिलाले हस्तमैथुन गर्दा योनिमा केही पसाएर आनन्द लिने गरेकाले योनिमा कुनै वस्तु पसाउनुअघि ध्यान दिनुपर्छ । महिलाले योनिमा आंैला पसाउनेदेखि बाहेक लिंग आकारको वस्तु पसाउने गर्छन् । अहिले यौन प्रसाधनका रूपमा लिंगको स्वरूपजस्तो वस्तु बजारमा पाइने भएकाले त्यही वस्तुको प्रयोगबाट बढी यौनआनन्द लिने गर्दा भोलि आफ्नो यौनसाथीसित सम्पर्क गर्दा आनन्द नपाइन सक्छ । त्यसकारण महिलाले लत लाग्नेगरी तथा आवश्यकभन्दा बढी हस्तमैथुन गर्नु हानिकारक मानिन्छ । यसका साथै योनिमा प्रवेश गराइने वस्तु सफा-सुग्घर हुन आवश्यक छ । यदि ती वस्तु सफा छैनन् भने यौनांगमा विभिन्न संक्रमण देखा पर्न सक्छ । त्यसकारण योनिमा कुनै कुरा पसाएर हस्तमैथुन गर्दा केही ध्यान दिनु आवश्यक रहेको डा. रूपाखेतीले बताए । उनका अनुसार, बजारमा पाइने त्यस्ता साधनका कारण महिलालाई लत लाग्न सक्छ र वैवाहिक जीवनमा चरम यौनसन्तुष्टि प्राप्तिका लागि पुनः हस्तमैथुनकै सहरा लिनुपर्ने हुन सक्छ ।
0 comments
Post Your Comments :