National
»
अन्जानमा जेल परियो निस्कन पैसा छैन !
अन्जानमा जेल परियो निस्कन पैसा छैन !
काठमाडौं, चैत्र १३– घरबाट बिदा हुन लाग्दा सासूले कतारमै काम गर्ने आफ्ना पतिका लागि कोसेली जिम्मा लगाइन् । धनुषाका शिव मण्डल कोसेलीस्वरुप २५ वटा भाङका लड्डुसमेत बोकेर उडे । तर जुलाई ३, २०१२ मा कतार विमानस्थल उत्रँदा उनी पक्राउ परे । प्रहरीले उनीमाथि भाङका लड्डु बोकेकै आधारमा लागूऔषध ओसारपसारको मुद्दा चलायो । अदालतले दुई वर्षको कैद र दुई लाख १५ हजार रियाल ९५८ लाख रुपैयाँ० जरिवाना सुनायो । उनी कतारी सेन्ट्रल जेलमा छन् । ‘ससुराका लागि कोसेली ल्याउँदा फसियो,’ मण्डलले जेलमा भेट्न पुगेका नेपाली दूतावासका द्वितीय सचिव हरिकान्त पौडेलसमक्ष भने, ‘भाङ ल्याउँदा यस्तो हुन्छ भन्ने जानकारी थिएन् ।’ ग्वालीचौर(६ बागलुङका ४८ वार्ष्का लोकबहादुर जिसीसमेत भाङ ल्याएकै मुद्दामा जेलमा छन् । कतारमा सात वर्षदेखि ड्राइभरको काम गर्दै आएका उनी सिसीमा भाङको अचार ल्याउँदा २०१२ डिसेम्बर २६ को राति पक्राउ परे । त्यसमा मुद्दा चल्दा यहाँको प्रारम्भिक अदालतले तीन वर्षको कैद र दुई लाख पाँच हजार रियाल दण्ड जरिवाना तोक्यो । नेपाली दूतावासले भाङलाई अचारको रुपमा प्रयोग गरिने नेपाली परम्पराबारे उल्लेख गर्दै सजाय मिनाहाका लागि आग्रह गरेपछि कतारी सरकारले कैदलाई दुई वर्ष र जरिवानालाई एक लाख रियालमा झार्यो । जिसीले भतिजाका लागि पठाएको कोसेली पोका नहेर्दा यस्तो फसाद बेहोरेका हुन् । ‘मलाई यहाँ भाङ ल्याउनुहुँदैन भन्ने थाहा थियो । तर नसोधी ल्याउँदा यस्तो समस्यामा परेँ,’ उनको भनाई छ । कतारमा जानीरनजानी लागूऔषधको मुद्दामा जेलमा परेका नेपालीहरु थुप्रै छन् । दुर्गाबहादुर बुढा मगर, प्रधान बुढा कामी र गणेशबहादु कुन्जेलाई त १० वर्ष कैद र दुई लाख रियाल जरिवाना तोकिएको छ । उनीहरु अवको सात महिनापछि अक्टोवर २ मा कैद सजाय भुक्तान हुँदैछ । तर जेलबाट निस्कन दुई लाख रियाद जरिवानाचाहिँ तिर्न सक्नुपर्छ । जसका लागि उनीहरु सक्षम छैनन् । कतारी जेलमा लामो समयदेखि जेल परेकाहरु सबै लागूऔषध प्रकरणमा जोडिएका छन् । अधिकांश विमानस्थलबाटै पक्राउ परेका हुन् भनेर आजको कान्तिपुरमा यो समचार छापिएको छ ।
0 comments
Post Your Comments :