Interesting
»
हस्तमैथुनगर्दा टाउको दुख्ने, घुँडा दुख्ने अरु के के दुख्छ रे ! के यो साचो हो ?
हस्तमैथुनगर्दा टाउको दुख्ने, घुँडा दुख्ने अरु के के दुख्छ रे ! के यो साचो हो ?

नेपालीहरूमा रहेको हस्तमैथुनसम्बन्धी भ्रमले चिकित्सकहरूको पनि टाउको खाइसक्यो। यौन चाहना मेटाउने यो सुरक्षित उपायलाई भ्रमको भुमरीमा पारिएको छ। माता मनकामना आरोग्य केन्द्र र सेक्सोलोजिस्ट डार्क्टस क्लिनिकमा आबद्ध डा. बद्री गौतमका अनुसार हस्तमैथुन नगरी पनि बस्न नसक्ने, गर्दा पनि के के न बिराएँ भनी चिन्ता गर्नेको ठूलो जमात छ। ‘म हस्तमैथुन गर्छु, मेरो टाउको दुख्यो, घुँडा दुख्यो भन्दै आउनेहरू पनि प्रशस्तै छन्,’ उनी भन्छन्। पूर्वीय दर्शनमा वीर्यको तुलना रगतसँग गरिन्छ। १०० थोपा रगत बराबर १ थोपा वीर्य हुन्छ भन्ने मान्यता छ। यसले गर्दा पनि हस्तमैथुन गर्नेहरूले आफूलाई कमजोर भएको ठान्छन्। यौन चाहना पूरा गर्न गरिने हस्तमैथुनले जो कोहीलाई पनि स्वस्थ र फूर्तिलो बनाउँछ। पछिल्लो समयमा चिकित्सकहरूले ‘धात सिन्ड्रोम’ भन्दै हस्तमैथुन गर्न हौसाइरहेका छन्। बढ्दो एचआइभी संक्रमण, यौन रोग, बलात्कार घटाउन युवाहरूलाई हस्तमैथुन गर्न प्ररित गरिएको छ। चिकित्सका अनुसार वीर्य स्खलन हुँदा कमजोर हुन्छु भन्नु थुक्दा मुख सुक्यो भन्नुजस्तै हो। पिच्च-पिच्च थुकिरहे पनि मुख सुख्खा हुने गरि कहिल्यै सुक्दैन। वीर्य स्खलन भएर सकिने चिज पनि होइन। अण्डकोष स्वस्थ रहुन्जेल यसको निर्माण प्रक्रिया एकदम तीव्र गतिमा हुन्छ। एक अध्ययन अनुसार ९५ प्रतिशत पुरुषले हस्तमैथुन गरेकै हुन्छन्। ‘हस्तमैथुनले विवाहपछि यौनजीवनलाई कुनै असर गर्दैन,’ डा. गौतम भन्छन् ।
0 comments
Post Your Comments :