रणबीर कपूर र कटरीना कैफ विवाह बन्धनमा बाधिदै !

|
एजेन्सी, चैत १६ । भारतीय चलचित्र उद्योगमा सबैभन्दा चर्चित जोडी रणवीर कपुर र कटरीना कैफ आउँदो साल विवाह बन्धनमा बाँधिने भएका छन् । उनीहरुबीचको यो चर्चाले यतिखेर भारतीय फिल्म उद्योग निकै तातेको छ । प्राप्त समाचारअनुसार कट्रिना कैफको दबाबका कारण रणवीर विवाह बन्धनमा बाँधिन बाध्य हुने बताइएको छ । सम्भवत उनीहरु सन् २०१५ मा विवाह बन्धनमा बाँधिदै छन् ।
भारतीय सञ्चारमाध्यमहरुले जनाएअनुसार रणवीरका बुबाआमाले उनीहरुबीचको सम्बन्धलाई मान्लान या नमान्लान अर्थात रणवीरले बुबाआमालाई छोडेर कट्रिनासँग मात्रै बस्छन भन्ने कुराले उनका फ्यानहरुमा निकै चासो बढेको छ । अर्कातिर उनीहरुको विवाह भयो नै भनेपनि उनीहरुले भारतीय सामाजिक रितिरिवाजअनुसार विवाह गर्लान या नगर्लान त्यो भने हेर्न बाँकी छ ।

|
0 comments
Post Your Comments :