अमेरिकाले बनायो मोबाइलबाट चल्ने ड्रोन

|
|
अहिले अमेरिकी सेनाका विशेषज्ञहरुले यस्तो ड्रोन बनाएका छन्, जुन निकै अप्ठ्यारो स्थानमा पनि जान सक्छ । विशेष गरेर सैन्य हेलिकोप्टरहरु नपुग्ने ठाउँका लागि यस्तो ड्रोन निर्माण गरिएको हो । यसबाट सजिलै दुश्मनहरुलाई निशाना लगाउन सकिने सेनाले जनाएको छ । अझ रोचक कुरा के छ भने यसलाई सजिलै ट्याब्लेट वा स्मार्टफोनबाट पनि सञ्चालन गर्न सकिन्छ । अहिले यस ड्रोनलाई हेलिकोप्टरको विकल्प पनि मान्न थालिएको छ । यसलाई सजिलै जुनै सैनिकले सञ्चालन गर्न सकोस् भनेर ट्याब्लेट वा स्मार्टफोनबाट सञ्चालन गर्न सकिने बनाएको सेनाले जनाएको छ । उक्त ड्रोनको वजन १ हजार ३ सय ६० किलो रहेको छ । यसलाई युद्धको मोर्चामा सैनिकहरुलाई सैन्य सामग्री पठाउन पनि प्रयोग गर्न सकिने बताइएको छ ।

|
|




0 comments
Post Your Comments :