विमानस्थलमा खेलाँची गर्नेलाई कारवाही सिफारिस

काठमाडौं, चैत्र १४ – विदेशबाट हवाइजहाज आउने बेलामा संवेदनशिल स्थल छाडेर अन्यत्र जानु गलत भएको गृहमन्त्रालयको छानबीन समितीले ठहर गरेको छ । गृहका सहसचिब यादव कोइरालाको संयोजनमा गठन भएको समितीले अध्यागमनका कर्मचारीले नियतबस उक्तस्थल नछाडेको भएपनि सुरक्षाको हिसाबाले गम्भीर त्रुटि भएको औल्याएको छ । त्यस्तो संवेदशिल स्थानमा बसेका कर्मचारी जहाज आउने बेलामा त्यसरी डेस्कमा नहुनु गंभिर लापरबाही होु छानबीन समितीमा रहेका एक सदस्यले भने उनीलाई त्यसको संवेदनशिलताका बिषयमा ज्ञान नभएको हुनसक्छ । गत शनिबार साँझ विदेशबाट प्लेन आउने बेलामा आगमन १४ वटा डेस्क ८ मिनेट खाली भएको थियो । त्यो बेला भारतको नयाँ दिल्लीबाट आएको स्पाईस जेटका ५० भन्दा बढि यात्रुले आगमन फारम भरेर डेस्कमा छाड्दै हिडेका थिए । अनुसन्धान समितीले बिमानस्थलमा रहेका कर्मचारी र सिसिटिभी फुटेज हेरेको थियो । सिसिटिभीमा ८ मिनेट मात्र डेस्क खाली भएको पाइएको थियो । डेस्कमा शाखा अधिकृत तहका कर्मचारीहरु बस्ने गर्छन् । छानबीन समितीले अध्यागमनका १४ प्रहरी कर्मचारीलाई बयान लिएको थियो । उनीहरुले अन्य बेलामा ५ बजेर ५५ मिनेटमा जहाज ल्याण्ड हुने गरेकोमा त्यो दिन दश मिनेट अघि नै ल्याण्ड गरिदिदाँ कर्मचारीहरु डेस्कमा उपस्थित नभएको बयान दिएका छन् । समितीले बुधबार नै गृहमन्त्री बामदेब गौतमलाई छानबीन प्रतिवेदन बुझाउने तयारी गरेको थियो । तर मन्त्री गौतम अचानक भारतको दिल्ली गएपछि बुझाउन पाएनन् । समितीले शुक्रबार गृहमन्त्री गौतमलाई प्रतिवेदन बुझाउनेछ । समितीले बिमानस्थलको आगमन कक्षमा सुरक्षा संवेदनशिलतालाई नबुझेका ब्यक्तिहरु रहेको भन्दै त्यहाँ नेपाल प्रहरीलाई समेत राखिनुपर्ने सुझाब दिएको छ । उसले आधामा प्रहरीलाई राख्दा सुरक्षाका हिसाबले राम्रो हुने निष्कर्ष सहितको प्रतिवेदन तयार पारेको छ । समितीले त्यसरी लापरबाही गर्नेलाई कारबाहीको समेत सिफारिस गरेको छ । सुरक्षामा कुनै सम्झौता हुदैनु समितीका एक सदस्यले भने त्यस्तो गल्ती दोहोरीन नदिन कारबाही गर्न जरुरी छ । छानबीन समितीमा कोइराला सहित नेपाल प्रहरीका डीआईजीपी सुरेन्द्रबहादुर शाह र राष्ट्रिय अनुसन्धान विभागका डीआईजीपी नवराज थापा छन् भनेर आजको कान्तिपुर दैनिकमा यो खवर छापिएको छ ।

0 comments

Post Your Comments :