सामसङको नयाँ ट्याब बजारमा

काठमाडौं– सामसङ मोबाइल्सको आधिकारिक विक्रेता इन्टरनेसनल मार्केटिङ सर्भिस प्रालि (आइएमएस)ले सामसङ ट्याब थ्रि टिहन्ड्रेडइलेभेन बजारमा ल्याएको छ। यसमा ४.२.२ जेलिबिन र १.२ गिगाहर्ज डुअल कोर प्रोसेसर रहेको आइएमएसले जनाएको छ । नयाँ ट्याबमा ७ इन्चको टिएफटी टचीस्त्र्कन छ । यसमा सिंगल माइक्रो सिम, ८ जिबी मेमोरी, ६४ जिबीसम्म विस्तार गर्न सकिने कम्पनीले जनाएको छ । विद्यार्थीलगायत सबै पेशाकर्मीलाई यो ट्याब उपयुक्त रहेको कम्पनीको दाबी छ । यसमा ३६०० एमएएच ब्याट्री भएकाले लामो समयसम्म टिकाउ हुने, थ्रिजी वाइफाइ, ब्लुटुथ, जिपीएसलगायतमा सम्पर्क स्थापित गर्न सकिने कम्पनीले जनाएको छ । एनसेलको ३ जिबी डाटासहित यसको मूल्य २७ हजार रुपैयाँ तोकिएको छ ।

0 comments

Post Your Comments :