पर्समा राख्न मिल्ने चार्जर आयो
काठमाडौं,तपाइँ कतै घुम्न जाँदै हुनुहुन्छ ? त्यो पनि बिना लगेज । यस्तोमा मोबाइलको चार्जर कहाँ राख्नुहुन्छ ? हजुर, तर अब त्यसका लागि छुट्टै सानो खालको झोला लिएर जानुपर्ने झण्झट बाट मुक्त हुने बेला आएको छ । अब यस्तो नयाँ चार्जर आएको छ, जुन चार्जर तपाइँको पर्समा राख्न मिल्दछ । यसलाइ ट्राभल कार्ड नाम दिइएको छ । जसलाइ गो डिजाइन कम्पनीले बनाएको हो । यो अहिले किकस्टार्टर मा लिस्टेड रहेको छ । यो कार्ड मात्र ५६ ग्रामको रहेको छ । ४.७७ मिलिमिटर पातलो रहेको छ । यस ट्राभल कार्डले आईफोनलाइ लाइटनिङ अप्शनबाट चार्ज गर्न सकिन्छ साथै अन्य ह्याण्डसेटमा भने यूएसबी अप्शन बाट चार्ज गर्न सकिन्छ । ब्याकअपको कुरा गर्नुपर्दा यस भित्र १३०० mAh को ब्याटरी हुन्छ, जसले ५ घण्टा सम्मको टक टाइम दिन्छ । यसले ९८ घण्टा स्ट्याण्डबाइ टाइम दिन्छ भने मात्र ७५ मिनेटमा मोबाइल चार्ज हुने गर्दछ ।
0 comments
Post Your Comments :