तातोपानीमा तात्यो तस्करी

काठमाडौं । भन्सार प्रमुखको रुपमा मिमांश अधिकारीको पदार्पण हुनासाथ तातोपानी नाकामा तस्करी एकाएक हवात्तै बढेको छ । समान्यतः मुलुककै सबैभन्दा बदनाम यो भन्सार नाकामा अहिले इतिहासमै सबैभन्दा बढी तस्करी मौलाएको छ । तस्कर र भन्सार अधिकृतको मिलेमतोमा यो नाकामा तस्करी मौलाएका कारण राजस्व संकलन हवात्तै घटेको छ । दैनिक सवा करोडभन्दा बढी राजस्व संकलन गर्ने तातोपानी भन्सारमा बेथिति बढेको छ । यो नाका भएर अचेल दिनहुँ सय किलोभन्दा बढी सुन, रक्त चन्दनलगायत बहुमूल्य काठ, धातु, जनावरको छाला, यार्चागुम्बालगायत बहुमूल्य जडीबुटीको तस्करी हुने गरेको छ । यो तस्करीमा भन्सार अधिकृत मिमांश अधिकारीलगायत सत्तारुढ दलका केही नेता र प्रहरीको समेत मिलेमतो हुने गर्छ । ‘भन्सार अधिकृत मिमांश र तस्करहरु दिनहुँ होटलमा बसेर वैठक गर्छन् । मदिरा र मासुको भोज गर्छन् । पैसाको लेनदेन भएको पनि देखिन्छ’, तातोपानी नाकामा चिनियाँ सामानको आयात गर्र्दै आएका खाँडीचौरका एक सामान्य व्यवसायी भन्छन्, ‘ठूला तस्करहरुको जगजगी छ ।’ फर्सीभित्र डलर हालै मात्र फर्सीलगायतका सामानिभित्र लुकाएर अमेरिकी डलरसहित ठूलो परिमाणमा विदेशी मुद्रा लुकाइछिपाइ चीनतर्फ लैजाने क्रममा १४ जना चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ ग¥यो । ती चिनियाँ नागरीकले विदेशी मुद्रा चीन लगी उताबाट सुन किनेर नेपालतर्फ तस्करी गर्ने योजनामा थिए । नेपाल प्रहरीलाई केही दिनअघि प्राप्त भएको विशेष सूचनाको आधारमा चीनको खासा जान लागेका ति चिनियाँ नागरिकबाट १० मुलुकका झन्डै छ करोड ५० लाख रुपैयाँ बराबरको विदेशी मुद्रा बरामद भएको हो । उनीहरूले ब्याग, प्लास्टिकका भाँडा, कस्मेटिकका बट्टा, थर्मश, पाउरोटी र फर्सीभित्र लुकाएर सो परिमाणको विदेशी मुद्रा चीनतर्फ लैजाने प्रयास गरेका थिए । अवैध रुपमा विदेशी मुद्रा लिएर चिनियाँ नागरिक बा११च ६१२ नम्बरको बोलेरो, बा७च ३४१९ नम्बरको महेन्द्रा जायलो र बा८च ६४३४ नम्बरको टाटा सुमो चढेर खासातर्फ जाने तयारीमा रहेको अवस्थामा बिहान २ः३० बजे कोटेश्वर चोकबाट पक्राउ परेका थिए । यसबाट पनि यो नाकामा तस्करहरु सलबलाएको स्पष्ट हुन्छ । रक्तचन्दनपछि सुन भारतको कर्णाटक राज्यको जंगलबाट चोरी भई नेपालको बाटो हुँदै ८ वर्षअघि सुरु भएको रक्तचन्दन तस्करी अझै रोकिएको छैन । भारतबाट तराईका नाका हुँदै आउने रक्तचन्दन अन्य नाकामा विरलै बरामद हुने गरेको छ । यो नाकामा हालसम्म १ अर्ब २२ करोड रुपैयाँबराबरको ३६ हजार ८ सय ९० किलो रक्तचन्दन पक्राउ परेको छ । यी रक्तचन्दन अहिले पनि बेवारिसे अवस्थामा जिल्ला प्रशासन कार्यालयको पुरानो भवनको आँगनमा अलपत्र परेको छन् । बेला बेलामा केही मात्रामा बरामद गरेको देखाएर जनताको आँखामा छारो हाल्दै तस्करीलाई खुकुलो पार्ने गरिएको स्थानीय बासिन्दा बताउँछन् । यो नाकाबाट रक्तचन्दन, सुनाखरी, सालकको खपडा, डलर, सि हर्स, हात्तीको दाह्रा तस्करी हुने गर्छ । पछिल्लो समय सुन तस्करी बढेको छ । केही समयअघि चीनबाट नेपाल भित्रयाउँदै गरेको दुई किलो सुनसहित तिब्बती महिला पक्राउ परेपछि सुन तस्करी जारी रहेको पुष्टी हुन्छ ।मिमांश अधिकारी प्रमुख भएर आएपछि सुन तस्करलाई मानौं दशैं नै आएको छ । प्रति किलो ६ लाख रुपैयाँसम्म नाफा हुने भएकाले तस्करहरु सुनतर्फ लागेका हुन् । नयाँ सत्ता समीकरणका कारण पनि मिमांश जस्ता भन्सार प्रमुख र तस्करलाई सहज भएको हो । सरकारमा पुरानै खेलाडी आएकाले तस्करी सजिलो भएको छ । चीनबाट नेपाल भिœयाउँदै गरेको १७ किलो सुनसहित तीनजना पक्राउ परेपछि सुन तस्कर सलबलाएको पुष्टी हुन्छ । चीनबाट नेपालतर्फ सुन भित्रयाउँदै गरेकी ४१ वर्षीया वाङ मुले जुत्ताभित्र सुन लुकाएर ल्याएकी थिइन् । राजस्व अनुसन्धान सतर्क भन्सार प्रमुख मिमांशका करतुत बढेपछि राजस्व अनुसन्धान विभाग यतिबेला सतर्क भएको छ । अधिकृत अधिकारी पुगेको ६ महिनामा विना भन्सारका सामानले भरिएका ४० वटा कन्टेनर राजस्व अनुसन्धान विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिई कारबाही समेत गरेको छ । यो नाकामा कार्यरत १२ जना कर्मचारी एकैपटक कारवाहीमा परेका छन् । तस्करीमा भन्सार प्रमुखका साथै प्रहरी प्रशासनको पनि मिलेमतो हुने गरेको छ । तातोपानीका तत्कालीन सशस्त्र प्रहरी प्रमुख हर्कराज पन्त तस्करीका सामानसहित गत वर्ष पुसको पहिलो साता अरनिको राजमार्गबाट पक्राउ परेका थिए । डीएसपी पन्तलाई काज फिर्ता भएर जाने क्रममा भन्सार नतिरेको ७ सय ६१ थान मोबाइल राजधानी लैजाने क्रममा राजस्वको विशेष टोलीले पक्राउ गरेको थियो । पुरानै रोग तस्कर र कर्मचारीको मिलेमतो यो नाकामा पुरानै परम्परा हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०५९ साउनमा राजस्वका २२ कर्मचारीको घरमा छापा मारेको थियो । त्यसबेला पक्राउ परेकामध्ये १७ जना तातोपानी भन्सारका कर्मचारी नै थिए । बैंकिङ प्रणालीमा नहुन्जेल यस्तै ताण्डव नृत्य त्यस नाकामा हुने छ र भइरहन्छ । जबसम्म बैंकिङ माध्यमबाट कारोबार हुँदैन, तबसम्म यो नाकामा तस्करी मौलाइरहने र राजस्व छली भइरहने सरोकारवाला बताउँछन् । तस्करी मौलाएकै कारण व्यवसायी राजधानीबाट खासासम्मको १ सय २४ किलो मिटरको भाडा प्रतिकन्टेनर करीव ४ लाख रुपैयाँसम्म तिरेर सामान ल्याउन व्यवसायी तयार हुन्छन् । अधिकाशं व्यवसायी टिटी र ओभर ड्राफटबाट नै आयात निर्यात गर्छन् । एलसी खोलेर व्यापार हुदैन अनी विल भपाई पनि नक्कली हुन्छ । भन्सार कर्मचारीको संलग्नतामा गाडिका गाडी सामान नाकाबाट चेकजाँच नै नभई छुटछन् । बिना भन्सार नै भन्सार प्रज्ञापन पत्र व्यापारीकहाँ पु¥याउन मिमांश अधिकारीजस्ता भन्सार अधिकृत जाने गर्छन् ।

0 comments

Post Your Comments :