National
»
जनकपुर बम काण्ड राजनीतिक उदेश्य पूर्तिका लागि
जनकपुर बम काण्ड राजनीतिक उदेश्य पूर्तिका लागि
जनकपुरधाम, चैत्र २८ – जनकपुर बम काण्डका मुख्य अभियुक्त मुकेश चौधरीले राजनीतिक उद्धेश्य पूर्तिका लागि जनकपुर बम काण्ड गराएको अदालतसमक्ष बयान दिएका छन् । ज्यान मार्ने अभियोगमा दर्ता भएको मुद्दा माथि धनुषा जिल्ला अलादतले बेन्च नम्बर २ का न्याधीश कैलाश केसीको एकल इजलासमा चौधरीसँग लिइएको बयानमा उनले उक्त कुरा बताएका हुन् । आफूले बम काण्ड गराएको स्वीकारसमेत गरेको चौधरीले आफ्नो संगठन तराई जनतान्त्रिक पार्टीको मुख्य सल्लाहाकारको रुपमा सभासद सञ्जय साह रहेको बयानमा उल्लेख गरेका छन् । जनकपुरमा मिथिला राज्यको माग गरी भइरहेको आन्दोलनले देश टुक्राउने उद्धेश्य बोकेकाले उक्त आन्दोलन समाप्त पार्न बम काण्ड गराएको चौधरीले बताए। सभासद साहको समेत संलग्नता रही बनाइएको योजनाले जीवनाथ चौधरीलार्इ मात्र लक्षित गरी बम बिस्फोट नगराइएको चौधरीले बताए । सद्भावना पार्टीका उपाध्यक्ष समेत रहेका साहसँग आफनो पहिलादेखि नै चिनजान रहेको र त्यसैक्रममा उनले पार्टी चलाउनका लागि पाँच लाख रूपैयाँ आर्थिक सहयोग गरेको चौधरीले बयान दिएका छन् । पाँच लाखबाहेक साहसँग कुनै रकम आफूले नलिएको र बम काण्ड गराउनका लागि ओमप्रकाश यादवमार्फत आठ लाख रुपैयाँ लिएको भनि झुठो आरोप लगाइएको चौधरीले स्पष्ट पारे । चौधरीसंगै अर्का अभियुक्त ओमप्रकाश यादवको समेत बयान लिइएको थियो ।
0 comments
Post Your Comments :