बामदेबले भने-रमेश खरेलले मलाई टेरेनन्
|
शनिबार धुलिखेलमा आयोजित युवा संघको कार्यक्रमलाई सम्बोधन गर्दै गौतमले भने-एसएसपी मसँग भेट गर्न आएको छैनन्, मसँग आएर भेट्दा स्वाभिमान गिर्ने उसले ठानेको छ ।
खरेल सेलीब्रेटी बन्न खोजिरहेको आरोप लगाउँदै उनले अपराधी पक्रिने अनि दुई/तीन दिनमा छोड्ने प्रवृत्ति अपराधी उन्मुक्ति दिने उनको तरिका भएको बताए । उनले खरेलमाथि आफूले निगरानी गरिरहेको समेत संकेत गरे ।
उनले गृह प्रशासनमा काम गर्ने निष्पक्ष हुनपर्ने भन्दै पक्षधर लिएर काम गर्ने माथि कारबाही गर्ने बताए ।
फरक प्रसंगमा गौतमले पार्टीको नवौं महाधिवेशनबाट वरिष्ठ नेता केपी शर्मा ओली सर्वसम्मत अध्यक्ष बन्ने दावी गरे । ओलीको प्रतिस्पर्धामा नेता माधवकुमार नेपाल र अध्यक्ष झलनाथ खनाल भएपनि आफू लगायत धेरै नेताहरु ओलीलाई सर्वसम्मत अध्यक्ष बनाउन लागि परेको र महाधिवेशनबाट आली नै सर्वसम्मत अध्यक्ष चयन हुने उनको दाबी थियो ।
|
0 comments
Post Your Comments :