कसरी पग्लियो माधवको मन ?
|
नेता नेपालले बिरामी मान्छेको जिम्मा लगाएर पार्टी चल्छ ? भन्दै अभिव्यक्ति दिएपछि ओली समूह नेता नेपालसँग रिसाएका थिए । ओलीको स्वास्थ्य त्यति धेरै गम्भीर नरहेको आरोप नेता नेपालमाथि लाग्ने गरेको थियो । ‘अरुको स्वास्थ्यमाथि माधव कमरेडले खेलवाड नै गर्नुभयो’ आफ्नो समूहको बुझाइबारे ओली निकट मानिने एमालेका एक केन्द्रीय सदस्यले भने, ‘माधव कमरेडको वचनले ओली कमरेडको मन कुाडिएको छ ।’
भावी अध्यक्षका लागि ओली र नेपाल अहिले आन्तरिक तयारीमा जुटिसकेका छन् । एक अर्का समूहको सम्बन्ध त्यति राम्रो छैन । तर पनि नेता नेपालले दिल्लीमा पुगेर बिरामी नेता ओलीलाई भेटेका छन् । नियमित परीक्षणका लागि दिल्ली गएका नेता ओलीको भारत बसाइा केही दिन लम्बिएपछि ओलीलाई भेट्न एमाले वरिष्ठ नेता माधवकुमार नेपाल आइतबार नयाँदिल्ली गएका थिए । ओली शनिबार नै म्याक्स अस्पतालबाट डिस्चार्ज भई अपार्टमेन्टमा सरेका थिए ।
अस्पतालबाट डिस्चार्ज भएपछि ओलीलाई भेट्न नेपाल त्यसतर्फ गएका हुन् । त्यहाँ नेपाल र ओलीबीच राजनीतिक विषयमा पनि गहिरो कुराकानी भएको बताइन्छ । नवौं महाधिवेशनमा ओलीले वामदेव गौतमको सहयोग लिएका छन् भने नेपालले अध्यक्ष झलनाथ खनालको सहयोगमा आफूलाई अध्यक्ष बनाउने योजना तयार पारेका छन् । यस्तो अवस्थामा नेपाल ओलीलाई भेट्न गएका हुन् ।
ओलीले तीन साताभन्दा बढी समय अस्पताल बसेर मिर्गाैला र बाथ समेतको उपचार गराएका थिए । डिस्चार्ज भएपछि ओलीसँग शनिबार नेपालले टेलिफोनमा कुराकानी गरेका थिए । फोनमा ओलीले नियमित फलोअपका लागि अझै एक हप्ता उतै बस्ने जनाउ दिएपछि नेपाल आइतबार उनलाई भेट्न दिल्ली गएको बताइएको छ । उपाध्यक्ष तथा उपप्रधानमन्त्री वामदेव गौतमसँग नेपालले ओलीको स्वास्थ्यबारे सोधेका थिए । ओलीलाई भेट्न दिल्ली गएका उपप्रधानमन्त्री तथा गृहमन्त्री गौतम गत शुक्रबार काठमाडौं फर्केका थिए ।
एमालेले जेठमा महाधिवेशनको मिति तय गरेपछि पार्टीभित्र भावी नेतृत्वको विषयमा चर्चा शुरू भएको छ । केन्द्रीय सदस्य पदाधिकारीहरू को को भन्नेमा आ–आफ्ना गुटमा छलफल जारी राखेका छन् । पछिल्लो समीकरण अनुसार ओली–गौतम एकातिर र खनाल–नेपाल अर्कोतिर देखिएका छन् ।
त्यसैबीच एमाले नेता गौतमले एक अन्तर्वार्तामा म नै पार्टी अध्यक्ष हो भनेर नेपाल र ओली दुवैलाई झस्काएका छन् । यस्तो अन्तर्वार्ता दिएर उनले आफू भावी अध्यक्षको दावेदार हुनसक्ने संकेत दिएका छन् । केही समय अगाडि गौतमले पनि बिरामी नेताले पार्टी हााक्न नसक्ने भन्दै ओलीलाई तर्साउन खोजेका थिए । तर, संसदीय दलको चुनावमा उनी ओलीसँग घााटी जोड्न आएका थिए । यो बीचमा एमाले महासचिव ईश्वर पोखरेल पनि ओलीलाई भेट्न दिल्ली गएका थिए ।
|
0 comments
Post Your Comments :