National
»
एमालेको महाधिवेशन इन्टरनेट मार्फत
एमालेको महाधिवेशन इन्टरनेट मार्फत
काठमाडौँ, चैत्र २८ – नेकपा एमालेले पार्टीको आसन्न नबौँ महाधिवेशनको प्रचार ‘डिजिटलाइज्ड’ प्रणालीमार्फत सुरु गर्ने भएको छ । परम्परागत प्रचार शै्रली लगभग विस्थापित गर्दै सूचना तथा सञ्चार प्रविधिको विकासलाई अधिकतम उपयोग गर्ने गरी एमालेले आसन्न नवौँ महाधिवेशनको प्रचार ‘डिजिटलाइज्ड’ प्रणालीमार्फत सुरु गर्न लागेको हो । महाधिवेशनका सम्पूर्ण काम डिजिटल प्रविधिमा आधारित हुने एमालेले जनाएको छ । महाधिवेशन तयारीका सन्दर्भमा बिहीवार पार्टी कार्यालय बल्खुमा आयोजित मूल व्यवस्थापन समितिको बैठकमा संयोजक इश्वर पोखरेलले महाधिवेशनको प्रचार विद्युतीय प्रणाली डिजिटलाइज्ड प्रणालीमार्फत गर्न लागिएको जानकारी गराएका हुन् । बैठकमा सहभागी अध्यक्ष झलनाथ खनाललाई तयारीका सन्दर्भमा अहिलेसम्म मूल व्यवस्थापन समितिको तर्फबाट भएका कामको ब्रिफिङ गर्दै महासचिव पोखरेलले प्रचार उपसमितिका संयोजक प्रदिप ज्ञवालीको प्रस्ताव अनुसार त्यसरी प्रचारको काम सुरु हुने जनाएका हुन् । विगतका महाधिवेशनमा अपनाइएको भित्तेलेखन, पोस्टयिरङको सट्टा प्रचारमा सामाजिक सञ्चाल, विद्युतीय सञ्चार माध्यम र आमसञ्चार माध्यमको सक्दो प्रयोग गर्ने, महाधिवेशन स्थलमा निशुल्क इन्टरनेट सेवा सञ्चालन हुने वाइफाइ जोन बनाइनेलगायत प्रस्ताव गरिएको छ भनेर आजको राजधानी दैनिकमा यो समचार छापिएको छ ।
0 comments
Post Your Comments :