च्याम्पियन्स लिगः बायर्न र युनाइटेड बराबर

म्यान्चेस्टर, चैत १९ – च्याम्पियन्स लिग अन्तरगत क्वाटरफाइनलको पहिलो लेगमा म्यान्चेस्टर युनाइटेड बायर्न म्युनिखसँग बराबरीमा रोकिएको छ । युनाइटेडको गृह मैदान ओल्डट्राफोडमा भएको खेलमा युनाइटेड १–१ को बराबरीमा रोकिएको हो ।
खेलको पहिलो हाफमा बायर्नले खेल आफ्नो पक्षमा राखेपनि कुनै गोल गर्न सकेन । दोस्रो हाफमा पनि बायर्नले युनाइटेडमाथि दबाब राखे पनि अग्रता भने युनाइटेडले लिएको थियो । खेलको ५८ औं मिनेटमा म्यान्चेस्टरका लागि निमान्जा भिडिचले गोल गरे । कनर्रको बललाई हेडमार्फत् उनले गोललाई जाली चुमाएका थिए । तर युनाइटेडको अग्रता धेरै बेर टिक्न सकेन । म्याडुचिचको पासमा बास्टिन स्वाइन्सटाइगरले उत्कृष्ट गोल गर्दै खेलको ६६ औं मिनेटमा खेललाई बराबरीमा ल्याए । त्यसपछि दुवै टिमले कुनै गोल गर्न सकेनन् र खेल बराबरीमै टुंगियो । खेलको अन्तिम मिनेटमा स्वाइन्सटाइगरले खेलमा दोस्रो पहिलो कार्ड खाएपछि रातो कार्ड पाउँदै मैदानबाट बाहिरिनु परेको थियो । उनले युनाइटेडसँगको दोस्रो लेग गुमाउने भएका छन् ।

0 comments

Post Your Comments :