अखिल क्रान्तिकारीको नेतृत्वमा तीन आकांक्षी

|
२५ चैतसम्म हुने सम्मेलनका लागि देशभरबाट एक हजार एक सय प्रतिनिधि आउँदै छन् । क्रान्तिकारीमा अहिलेसम्म चुनावी प्रतिस्पर्धाबाट नेतृत्व चयन भएको छैन । माउ पार्टी एकीकृत माओवादीले समेत कसलाई अध्यक्ष बनाउने भन्नेबारे निर्णय लिन सकेको छैन् ।
अध्यक्षका मुख्य दाबेदार मानिएका मल्ल र रायमाझीले स्वस्थ प्रतिस्पर्धालाई स्विकार्न तयार भएको बताएका छन् । उपाध्यक्ष मल्लले संगठनमा पहिलोपटक निर्वाचन हुने वातावरण बनिरहेको बताए । मल्लले भने, ‘स्वस्थ प्रतिस्पर्धालाई सहर्ष स्वीकार गर्न म तयार छु ।’
अर्का उपाध्यक्ष रायमाझीले सकेसम्म कार्यविभाजन गर्ने र त्यसमा सहमति नभए निर्वाचनमा जाने बताए । रायमाझीले भने, ‘कार्यविभाजनमा सहमति नभए नमुना बन्ने गरी निर्वाचन गर्छौं ।’ कार्यविभाजनको अवस्थामा पनि संगठन वा पार्टीको निर्णयमा सहमत हुने उनको भनाइ छ । उनले भने, ‘निर्वाचन हुने सम्भावना बढ्दै छ, चुनावलाई हार्दिकतापूर्वक स्विकार्छौं ।’
मल्लले संगठनलाई व्यवस्थित, संस्थागत र पारदर्शी बनाउने आफ्नो योजना रहेको बताए । त्यसैगरी, अहिलेसम्मका राजनीतिक उपलब्धिलाई संस्थागत गर्न विद्यार्थी आन्दोलन गर्ने अर्को एजेन्डा उनले राखेका छन् । उनले शिक्षालाई मौलिक हकको रूपमा जनताले अनुभूत गर्ने मार्गचित्र प्रस्तुत हुने गरी विद्यार्थी आन्दोलन गर्ने बताए । त्यसैगरी, सार्वजनिक शिक्षा बलियो बनाउने, रोजगारमूलक शिक्षा बनाउन दबाब सिर्जना गर्ने, बेरोजगार युवालाई विनाधितो ऋण उपलब्ध गराउन तथा बेरोजगार भत्ताका लागि दबाब सिर्जना गर्ने उनले बताए ।
रायमाझीले अग्रगामी संविधान बनाउन दबाब दिने, नेपालको शिक्षामा भएको निजीकरण, व्यापारीकरण र माफियाकरणको विरुद्धमा आन्दोलन गर्ने एजेन्डा बनाएको बताए । उनले वरिष्ठताका आधारमा आफूले नेतृत्व पाउने विश्वास व्यक्त गरे ।
वर्तमान महासचिव बिन्दमान विष्टले सहमतिका लागि प्रयत्न गरिने बताए । विद्यार्थी आन्दोलनमा निर्वाह गरेको भूमिकाका आधारमा नेतृत्वमा दाबी गरेको उनले बताए । महासचिवमा नरेन्द्र न्यौपाने, रञ्जित तामाङ, डिबी तामाङ, रामचन्द्र अधिकारी, अनील शर्मा दाबेदार देखिएका छन् भनेर आजको नयाँ पत्रिका दैनिकमा यो समचार छापिएको छ ।

|
0 comments
Post Your Comments :