'गरीब प्रधानमन्त्री’को एउटा फोटो बनाउन ३५ हजार !

चैत २४, काठमाडौं । सम्पत्ति विवरणमा जम्मा ३ थान मोबाइल मात्र देखाएका प्रधानमन्त्री सुशील कोइरालालाई विदेशमा समेत गरीब प्रधानमन्त्री भनेर चिन्न थालेका छन् ।

उहाँको सादा जीवन र मितव्ययी शैलीलाई सबैले प्रशंसा पनि गर्छन् । तर गरीब र मितव्ययी प्रधानमन्त्रीको एउटा फोटो बनाउन ३५ हजार रुपैयाँ खर्च लागेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका अनुसार उहाँको आयल पोट्रेट पेन्टिङ गरेको फोटो बनाउन यति रकम लागेको हो । उहाँको यो फोटो नक्सालका विजय थापाले बनाउनुभएको कार्यालयले जनाएको छ ।

यसैगरी प्रधानमन्त्री कार्यालयमा ४० थान परिचयपत्र र परिचयपत्र राख्ने सय थान खोलको लागि २७ हजार एकसय २० रुपैयाँ खर्च भएको छ ।

0 comments

Post Your Comments :