National
»
प्रधानन्याधीशमा सिफारिस शर्माले घुस खाएको उजुरी
प्रधानन्याधीशमा सिफारिस शर्माले घुस खाएको उजुरी
काठमाडौं , चैत्र २४ – प्रधानन्यायाधीशमा सिफारिस भएका दामोदरप्रसाद शर्माविरुद्घ संसदीय सुनुवाइ समितिमा दुई उजुरी परेका छन् । स्रोतका अनुसार उनीमाथि जागिरको विषय र न्यायालयमा घूस बारे उजुरी परेको हो । शर्माको सोमबार दिउँसो संसदीय सुनुवाइ हुँदैछ । गत साता संवैधानिक परिषद्ले कामु प्रधानन्यायाधीश शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो । सिफारिसपछि सुनुवाइ समितिले तीन दिनभित्र उजुरीका लागि सार्वजनिक आह्वान गरेको थियो । समितिको सोमबार बिहान पहिलो बैठक बस्नेछ । उक्त बैठकले समितिको कार्यविधिलगायत विषयमा छलफल गरेपछि त्यही दिन दोस्रो बैठकमा सुनुवाइ हुनेछ ।
0 comments
Post Your Comments :