ज्ञानेन्द्रको नाति हृदयन्द्र नेपालको राजा बन्ने ज्योतिषको दाबी
|
काठमाडौं । महान जनआन्दोलन अन्त्य गरेको नेपालको २४० वर्षे पूरानो राजतन्त्र फेरी फर्कने दाबी ज्योतिषहरुले गरेका छन् । राजतन्त्र समाप्त भएको एक दशकपनि पुरा नहुदाँ राजनितीकदलवाट वाक्क भएर जनताको साथ पाउन थालेका राजाले सके आफू, नसके छोरा त्यो पनि नसके नातीलाई नै भए पनि राजाका रुपमा उपस्थित गराएर राजतन्त्र फर्काउने षड्यन्त्र भैरहेको बेला ज्योतिषहरुले पनि पूर्व राजा ज्ञानेन्द्र शाहपुत्र पारस शाहका पुत्र हृदयन्त्र शाह राजा हुन सक्ने बताउन थालेका छन् ।
जनआन्दोलनको आडमा संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेर मुलुक अझैपनि संस्थागत हुन सकेको छैन । आआफ्नै अडान र विचारमा फसेका दलहरुले जनातको
विचारको करद नगर्दा चार वर्षसम्म पनि संविधान दिन नसकेपछि स्वतः विघटन भएको संविधानसभाको अर्को चुनाब फेरी नजिकीर्दै छ । नयाँ संविधानसभा निर्वाचनको तयारी भइरहे पनि विवादमै रहेको दलहरुको राजनीतिक अझै अन्योलमै रहेको नेपालरुस डटकममा खबर छ ।
यता राजतन्त्र पक्षधर र स्वयम् पदच्युत राजा पनि कुनै न कुनै माध्यमबाट आफूलाई स्थापित गराउने प्रयासमै रहेको देखिन्छ । बरिष्ठ ज्योतिष एवं वास्तुशास्त्री डा.बासुदेव कृष्ण शास्त्रीले पनि हृदयन्त्र राजाका रुपमा फर्कने सक्ने दावी गरेका छन् । शास्त्रीको वेभसाइट http://www.pujalaya.com प्रकाशित एक लेखमा यस्तो दावी गरिएको हो ।
शास्त्रीले ‘पूर्व युवराज पारश शाह तथा पूर्व युवराज्ञी हिमानी शाहका सुपुत्रको रूपमा दोलेन्द्र शाहको मीन राशि, रेवती नक्षत्रमा पूर्व क्षितिजमा तुला लग्नको उदय हुँदा जन्म भएको हो । लग्नेश शुक्र एकादश स्थानमा बसेको र चारवटा ग्रह केन्द्र (बृहस्पति, मंगल, बुध, सूर्य) मा रहेको हुँदा विशिष्ट राजयोगको सम्भावना देखिन्छ ।’ भन्ने उल्लेख गरेका छन् ।
शास्त्रीले आफ्नो वेभसाइटमा प्रकाशित लेखमा ‘नवमांशेश सूर्य आयस्थानको स्वामी भई उच्च बृहस्पतिका साथ दशममा बसेको हुनाले भारथी योग जन्मपत्रिकामा परेकाले प्रसिद्ध हुने र विशिष्ट राजयोगको सम्भावना देखिन्छ । उच्च बृहस्पतिका साथमा रहेको मङ्गलले नीचदोष भङ्ग भई (विपरीत नीचभङ्ग राजयोग) बन्न आउँछ ।’ भनेका छ।
शास्त्रीको लेखमा‘जन्म लग्नबाट दशम स्थानमा केन्द्रमा वृहस्पति, बुध, शुक्र र मंगल भएमा त्यो बालक कुलको दीपक हुन्छ । यस श्लोकको भावमा यो स्पष्ट हुन्छ कि दशम स्थानमा रहेको चतुग्र्रहको योग र एकादश स्थानमा शुक्रले यस जातकलाई कुलको पालक कुल मर्यादा र सांस्कृतिक मान्यतालाई अगाडि बढाउने, कुलको प्रखर दीपक हुन्छ ।’ भनेका छन् ।
शास्त्रीको लेखमा ‘नेपालको राजकीय सत्ताको मूल स्तम्भ जो दरवारमा रहेको थियो त्यो जनताको हातमा त आयो तर त्यो सत्ता धेरै लामो समयसम्म गतिशील हुन भने सकिरहने देखिँदैन ।’ भन्दै ‘राजनीतिक बेमेलको स्थिति स्पष्ट देखिन्छ । राष्ट्रिय सहमतिको प्रयास, सत्तामा परिवर्तन, पतन र उत्थानको संकेत गर्दछ । द्वितीय केतुले भने धन हानीका साथै नाक, कान, घाँटी तथा आँखाको समस्या दिने योग देखिन्छ ।’ भनेका छन् ।
शास्त्रीले आफ्नो लेखमा अयस्तो लेखेका छन्–सम्पूर्ण जन्मपत्रिकामा राजयोगको स्पष्ट अवस्था रहेको हुनाले जन्मपत्रिकाको उत्कर्षतिर कुल, मर्यादा, सामाजिक मान्यता,
राजकीय सम्मान, राष्ट्रिय अखण्डता र एकताका लागि उत्कर्षमा पु-याउने र राजयोग प्रदान गर्दै राजयोग निर्माण गर्ने देखिन्छ । वर्तमान समय बुधको महादशामा वृहस्पतिको अन्तरदशा चलिरहेको हुँदा ०६८ साल फाल्गुण २७ सम्म प्रतिष्ठा वृद्धिको योग देखिन्छ । ०६९ तिर परिवारमा विशिष्ट सदस्यको असामयिक स्वास्थ्यमा हानी हुने योग पनि देखिन्छ । ०७१ साल ०८-०२ गतेसम्म केतुको महादशा चल्ने भएको हुनाले शत्रु बाधा, अग्निभय, स्नायूको समस्या दिन सक्छ । धनभावमा रहेको केतुले धनहानी गराउने योग पनि रहेकोछ । यसतर्फ पनि सचेत रहनुपर्ने देखिन्छ । शैक्षिक, सामाजिक, सांस्कृतिक र राजनीतिक क्षेत्रमा महत्वपूर्ण सफलताको योग रहेको छ । योगिनी दशातर्फ ०७२।०४।१४ सम्म सिद्धाको समय देखिन्छ । सिद्धाले कार्यसिद्धिको स्पष्ट संकेत गर्दछ ।सम्पूर्ण नवग्रह शान्तिका लागि श्री पशु पतिनाथको पूर्ण अभिषेक, दक्षिणकालीको सहस्रअर्चन, चारवेद पारायण, मोती, मूँगा र पुष्पराज ४ रत्तिभन्दा माथि गलामा लकेट बनाएर धारण गर्नाले शुभ रहनेछ।’
नेपालका राजनीतिक दलहरु आफसी कलमै छन् । टुटफुट, गुट, उपगुटजस्ता कारणले दलहरु कमजोर बन्दै गएका छन् । पार्टीहरुको संख्या बढ्दै जानु र एउटै पार्टीभित्र पनि अनेकतिर फर्केका अनेक पार्टी हुनुले पनि दलहरु कमजोर भएका हुन् । मंसिर ४ गतेका लागि तय गरिएको दोस्रो संविधानसभा अझै विवादमै छ । निर्वाचन भए पनि त्यसले संविधान दिने कुनै ग्यारेन्टी छैन । त्यसैले मुलुक अस्थिर राजनीतिको शिकार अझै बन्ने त्रासमा छ । त्यस्तो अवस्थामा अहिले सानै रहेका हृदयन्द्रलाई राजाका रुपमा स्थापित गराउने प्रयास विभिन्न कोणबाट आइरहेको छ। त्यसो त ‘बेबी किङ’को कुरा गिरिजाप्रसाद कोइरालाले नै उठाएका थिए । त्यसैले नेपाली राजनीतिमा राजसंस्थाको भूमिकामाथि बहस चलिरहेकै छ । तैपनि ज्ञानेन्द्र र पारस भने राजाका रुपमा फर्कने सम्भवना धेरैले देखेका छैनन् ।

1 comments
Post Your Comments :
31 October 2014 at 13:37
म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? हामी 3% ब्याज दर मा ऋण दिन तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क: adams.credi@gmail.com
तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन