माल्भिका भन्छिन्, ‘हामी धन्नै भागेका थियौ’(भिडियो)
|
हाम्रो यसबर्षको भ्यालेन्टाइन विशेष हुनेवाला छ । हामी ‘मिस्टर एन्ड मिस भ्यालेन्टाइन र साल्सा डान्स’को
आयोजना गर्दैछौ । ‘यसैले पनि भ्यालेन्टाइन डेको दिनमा त हाम्रो योजना यही नै हो, रातको भने बनाएका छैनौ’, पूर्व मिस नेपाल माल्भिका सुब्बाले अनलाइखबरसँग भ्यालेन्टाइन डेको योजना सुनाउँदै भनिन् ।
सँगै बसेका पति रियाज श्रेष्ठले आफूहरुका लागि सधै नै प्रेम दिवस हुने गरेको खुलाए । यूवा अवस्थामा खुबै चाख हुने भएतापनि अहिले नभएको तर्क छ रियाजको । ‘हामीहरु जहिले पनि साथीसँग नै हुन्थ्यौ, यसैले पनि भ्यालेन्टाइन डे भनेर कतै गइएन । हाम्रो भेट पहिलो पटक सन् २००१ मा अमेरिकाको एक कलेजमा भएको थियो । त्यतिबेला हामी नजिक भएनौ । तर सन् २००९ मा फेरि अमेरिकामा नै भेट हुँदा भने हामी एक अर्कासँग नजिक भयौ’, माल्भिकाले स्मरण गरिन् ।
सन् २००१ म्ा पहिलो पटक अमेरिकामा रियाज र माल्भिकाको भेट भएको थियो । तर उनीहरुमा माया बस्न भने केही समय नै लागेको थियो । दोश्रो पटक अमेरिकामा भेट्दा मात्र रियाज र माल्भिका राम्रोसँग बोलेका थिए ।
माल्भिकालाई रियाज अमेरिकामा भेट्दा नै राम्रो लागेको थियो । तर रियाज सधैका लागि नेपाल फर्केर आएपछि यि दुइको निकटता अझै बढेको हो । ‘एकअर्काको बानी मन पर्न थालेपछि त टाढा हुने कुरै भएन’, रियाज भने ।
‘प्रेम प्रस्ताव आई लभ यू नै भनेर गरिएन’, माल्भिका संझदै भन्छिन् । साथीहरुको माँझमा हुँदा कसले पहिला भन्ने भनेरै प्रतिस्पर्धा भयो । ‘मैले उसलाई वुझ्यौ भने उसले वुझे भन्यो, यसरी नै प्रेम साटियो’, माल्भिकाले यादा ताजा बनाउँदै भनिन् ।
प्रेम भएको करिब डेढ बर्षपछि मात्र यो जोडीको बिहे भएको हो । तर बिहेमा पनि परिवार वाधक बन्न पुग्यो । माल्भिका र रियाजको जात मिलेन । अर्कोतिर माल्भिका मिडियामा भएकाले पनि रियाजको परिवारलाई स्विकार्न गाह्रो भयो । ‘प्रेम भएको ६ महिनामा नै बिहे गर्ने तयारी गरेका थियौ, तर विभिन्न कारणले १ बर्ष अरु पर्खनु पर्यो’, रियाजले भने ।
माल्भिका र रियाज भाग्न पनि तयार भए । माल्भिकाको आमाले त टिकाटालो नै गरिदिन्छु भनेकी थिइन् । तर भाग्ने निर्णयमा नै पुगिसकेपछि रियाजको परिवार केही हच्किएको थियो । पछि परिवार कन्भिन्स भएपछि मात्र उनीहरुले बिहे गरेका हुन् ।
माल्भिकाको बानी ब्यहोराले रियाजलाई खुबै आकर्षण गर्छ, साथमा पूर्व मिस नेपालको सुन्दरता त छदै छ । यता माल्भिकाको नजरमा रियाज जोसँग पनि घुलमिल हुनसक्ने सरल व्यक्ति हुन् । माल्भिकालेे मन राम्रो भएको बताइरहदा रियाज भने खुशीले दंग देखिए ।
माल्भिकाको नजरमा रियाजको कमजोरी धेरै अल्छी गर्नु हो । यही कुरामा सधै झगडा पर्छ दुइजनाको । विवाह भएपछि माल्भिकालाई नयाँ घरमा गएर संकार सिक्न निक्कै गाह्रो भएको थियो । प्रेमको परिभाषा दिदै रियाजले एक अर्कालाई जती कमजोरी भएपनि माया गर्न सक्नु नै प्रेम भने । एक अर्काको कमजोरीलाई परिपूर्ती गर्न सक्नु नै माया हो भन्छन् रियाज र माल्भिका ।
माल्भिका मिडियामा काम गर्ने भएकाले पनि धेरै कुरा सुन्छन् रियाजले । तर बजारमा जे जस्ता चर्चा भएतापनि यो जोडीलाई केही फरक परेको छैन । आफ्नो चर्चा बढी हुँदा रियाज मख्ख पर्ने माल्भिकाको भनाई छ । रियाजले आफ्नो श्रीमतीलाई अरुले माया गर्दा खुशी हुनुपर्ने बताए । श्रीमानको भन्दा श्रीमतीको चर्चा धेरै हुँदा पुरुषहरु डाहा गर्ने गर्छन् । तर रियाजको सोचाई यसको ठ्याक्कै उल्टो छ ।
माल्भिका र रियाज अहिले नै घरमा नयाँ सन्तान भित्राउने तयारीमा छैनन् । ३० बर्षको हारहारीमा पुगेका दुबैले नयाँ सन्तानको सोचाई नबनाएको बताए । रियाज अझै केही समय दुई जना रमाइलो गर्ने मुडमा छन् । बिहे गरेको २ बर्ष मात्र भएकाले पनि आफूहरु ढिलो नभएको माल्भिका बताउछिन् । दुबै जना करिअर बनाउन व्यस्त छन् ।
सम्बन्ध बलियो बनाउनका लागि आफू जस्तो छ त्यस्तै देखाउनु पर्ने तर्क माल्भिकाको छ । एकअर्काको कमजोरीलाई बलियो बनाएको खण्डमा सम्बन्ध नबिग्रने तर्क गर्छन् रियाज । जीवनमा अन्य यूवा तथा यूवतीसँग अफेयर भएको कुरालाई साट्न यो जोडीलाई कुनै हिचकिचावट छैन । माल्भिकाले रियाजलाई भेट्नु अघि २ जनासँग यूवकसँग प्रेम गरेकी थिइन् । रियाजको पनि जीवनमा माल्भिका अघि २ यूवतीसँग प्रेम थियो । तर पनि यस्ता कुराले यो जोडीको मायालाई हलचल गरेको छैन । उनीहरु एक अर्काको कामको सम्मान गर्छन् ।

1 comments
Post Your Comments :
31 October 2014 at 13:33
म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? हामी 3% ब्याज दर मा ऋण दिन तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क: adams.credi@gmail.com
तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन