यस्ता देखिए पूर्वयुवराज पारस
|
लामो समयदेखि थाइल्याण्डमा रहेका पूर्व युवराज पारस शाह सार्वजनिक जीवनमा अति सामान्य भेषभुषा र
र केही दुब्लो स्वरुपमा देखा परेका छन् ।
थाइल्याण्डमा भएको एसीसी वुमन पि्रमियर क्रिकेटमा आइतवार नेपाल र छिमेकी राष्ट्र चीनविरुद्धको खेल हेर्नका लागि पूर्वयुवराज दर्शक बनेर उपस्थित भएका हुन् । लामो समयदेखि थाइल्याण्डमा रहेका पूर्वयुवराज पारस शाह चियांगमाई जिमखाना क्रिकेट मैदानमा रातो कूर्ता र कालो ट्राउजरमा उपस्थित थिए ।
झट्ट हेर्दा कुनै धर्म गुरुजस्तै लाग्ने भेष, महिलाको जस्तो तर नबाटिएको लामो कपाल र टाउकोमा कालो चश्मामा सजाएका पारसले चीनविरुद्धको खेल पुरै समय हेरेका थिए ।
उनले खेलमा पूरै मनोरञ्जन लिएर नेपाली टोलीसँग केहीबेर कुराकानी समेत गरेका थिए । निकै हँसिलो मुद्रामा देखिएका पारस विरामी हुनुपूर्वको आवस्था भन्दा केही दुब्लाएका जस्ता देखिन्थे ।
हृदयघात भएपछि राम्रोसँग तङग्रीन नसकेका पूर्वयुवराज पारस नेपाली महिला क्रिकेट टोली थाइल्याण्डमा क्रिकेट खेल्न आएको थाहा पाएपछि क्रिकेट मैदान पुगेका हुन् । नेपाल आउने तयारीमा रहेका पारस एक्कासी नेपाली महिला क्रिकेट टोलीको खेल हेर्न उपस्थित भएपछि त्यहाँ पुगेका नेपाली पत्रकारको टोलीले समेत उनीसँग तस्वीर खिचाएका थिए ।

1 comments
Post Your Comments :
31 October 2014 at 13:18
म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? हामी 3% ब्याज दर मा ऋण दिन तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क: adams.credi@gmail.com
तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन