'भ्यालेन्टाईन डे'का जोडीहरुलाई छुटैछुट
|
'भ्यालेन्टाईने डे' का दिन कुश्मा–बलेवा यान्त्रीक पुलमा जोडीहरुका लागि विशेष छुट्को ब्यवस्था गरिएको छ।
बलेवा क्षेत्रलाई 'डेटिङ स्पट'का रुपमा विकास गर्नका लागि जोडीहरुलाई टिकटमा २५ प्रतिशत छुट दिएको हो।
जोडीहरुलाई बढी भन्दा बढी यान्त्रीक पुलमा भित्रर्याउने उद्देश्यले भाडादरमा छुट्को ब्यवस्था गरिएको कुश्मा–बलेवा यान्त्रीक पुल लिमिटेडका अध्यक्ष होमनारायण श्रेष्ठले बताए। यान्त्रीक पुल चढे बापत १ सय रुपैयाँ तिनुपर्नेमा शुक्रबार अर्थात 'भ्यालेन्टाईन डे' का दिन भने जोडीहरुले ७५ रुपैयाँ मात्र तिरे पुग्ने छ। अन्यलाई भने यो सुविधा उपलब्ध गराईएको छैन्।
'भ्यालेन्टाईन डे' मा युवायुवतीहरु यान्त्रीक पुल चढ्न धेरै आउन सक्ने सम्भावना रहेको छ,' अध्यक्ष श्रेष्ठले भने–'त्यसैले उनीहरुको हितमा भाडा दरमा छुट् दिने निर्णय गरिएको हो।' यान्त्रीक पुल सञ्चालकको यस निर्णयलाई धेरैले सकारात्मक ठानेका छन्। भन्छन्–'डेटिङ स्पट' का रुपमा विकास गर्न छुट् योजनाले केही हदसम्म भएपनि मदत पुर्याउने छ।'
पछिल्लो समय सदरमुकाम आसपासमा रहेका डाँडाहरुमा घरहरु निर्माण भएसँगै प्रेम गर्नेहरुका लागि ठाउँको अभाव हुँदै आएको छ। प्रेम ब्यक्त गर्ने ठाउँको अभावमा धेरै युवायुवतीहरु पे्रम गर्न पाउने अधिकारबाट बञ्चित हुनुपरेकोमा यान्त्रीक पुलले केही मात्रमा भएपनि उनीहरुलाई राहत दिने काम गरेको छ।
पर्वत, बाग्लुङ, म्याग्दी देखि पोखरा लगाएतका शहरहरुबाट जोडीहरु यहाँसम्म आईपुग्ने गरेका छन्। उनीहरु केही घण्टा भएपनि पुल आसपासका खालि ठाउँहरुमा बसेर आफूहरु बिचको मायालाई अझ प्रगाढ बनाउने गरेका छन्।
बिस्तारै यस ठाउँ 'डेटिङ स्पट'का नामले चिनिन लागेको छ। जोडीहरु भन्छन्–'ठाउँ एकान्त छ। तल कालीगण्डकी बगेको छ। पारी कुश्मा बजार सजिलै देख्न सकिन्छ। यहाँ भन्दा बढी प्रेम गर्नेहरुका लागि अरु के चाहिन्छ र?' उनीहरुले यस्तो बताई रहेपनि धेरैले पर्यटक भित्रर्याउन सक्ने आकर्षक खालका भौतिक पुर्वाधार नबनाईएको भन्दै गुनासो गर्ने गरेका छन् ।

1 comments
Post Your Comments :
31 October 2014 at 13:34
म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? हामी 3% ब्याज दर मा ऋण दिन तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क: adams.credi@gmail.com
तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन