गोर्खा बियरमा अखाद्य लेदो भेटियो

विराटनगर,चैत९–गोर्खा बरुअरी प्रालिले उत्पादन गरेको गोर्खा बियरमा अखाद्यय लेदो फेला परेको छ ।
मोरङको पथरी २ मा रहेको सेवारो सेकुवा कर्नर होटलमा विक्री गर्नको लागि राखिएको एक दजर्न गोर्खा बियरमा लेदो भटिएको हो ।
होटलमा आएका ग्रााहकले खानको लागि बोतल खोल्दा लेदो भेटिएको होटल सञ्चालक बिसाल लिम्बुले जानकारी दिनुभयो । उहाँका अनुसार जम्मा ६ काटुन बियर राखिएकोमा एक दर्जन बियरमा लेदोमात्र भेटिएको बताए । र्गार्खा बियरमा उत्पादन गरेको मिती र म्याथ सकिने मितिसमेत उल्लेख गरीएको छैन् ।
यसरी बियरमा उत्पादन मितिसमेत नराखि विक्री गरेको बियरले उपभोक्ताको स्वास्थ्य माथिको गम्भीर खेलबाड गरेको भन्दै होटल सञ्चालकले आईतबार विराटनगरमा पत्रकार सम्मेलन गरी बियर उत्पादन गर्ने व्यक्तिलाई सरकारले कारबाही गर्नु पर्ने माग गरे ।
बियरमा लेदोभेटेपछि होटल सञ्चालक लिम्बुलाई बियर उत्पादन गर्नेले बियरमा लेदो भेटिएकोे खबर बाहिर नल्याउनु भन्दै ग्राहकले खाएको बियरको पैसा फिर्ता गर्ने आशोसन दिएको सञ्चालक लिम्बुले पत्रकार सम्मेलनमा जानकारी गराए ।
६ सय ५० एमएलको गोर्खा बियर प्रतिगोटा दुई सय रुपैयाँको दरले बिक्री गर्दै आएका छन् । यसरी बियरमा लेदो फेला परेपछि खाना आएको ग्राहकले १२ हजार रुपैयाँको खाएर पैसासमेत नदिकन गएको सञ्चालक राईले बताए । होटलमा बेच्न राखिएको बियरमा लेदो भेटिएको कुरा बजारमा हल्ला भएपछि अहिले होटलमा ग्राहकहरुसमेत नआउने गरेको सञ्चालक लिम्बुले जानकारी दिए । होटलमा ग्राहकहरु नआउन थालेपछि व्यवसायनै धराशयमा पर्न गएको सञ्चालक लिम्बुको भनाई छ ।

0 comments

Post Your Comments :