कांग्रेसले सभासद्बाट पाँच हजार लेबी उठाउने
|
काठमाडौं,चैत ९–नेपाली कांग्रेसले आफ्ना सभासद्हरुसँग पाँच हजार लेबी उठाउने निर्णय गरेको छ । जारी केन्द्रीय समितिको आइतबार बसेको बैठकले संविधानसभामा रहेका प्रत्येक सभासदबाट पाँच हजारका दरले लेबी उठाउने निर्णय गरेको हो । यसैगरी बैठकले चैत १२ गते संसदिय दल कार्यसमितिको निर्वाचन गर्ने निर्णय समेत गरेको छ । कांग्रेस प्रबक्ता समेत रहेको दिलेन्द्र प्रसाद बढुको संयोजकत्वमा बैठकले निर्वाचन समिति समेत गठन गरेको कांग्रेस स्रोतले जानकारी दिएको छ । कांग्रेसमा सांसद र संसदमा पार्टीको तर्फबाट प्रभावकार भुमिका खेल्न यस्तो समिति निर्माण गर्ने गरिएको छ ।
|
0 comments
Post Your Comments :