एसएलसीमा चिट चोराउन नपाएपछि प्रहरीमाथि नै आक्रमण

रौतहट, चैत ९ – रौतहटमा एसएलसी परीक्षामा चिट चोराउन नपाएपछि प्रहरीलाई आक्रमण गर्ने दुई जनालाई प्रहरीले पक्रेको छ ।
जमुनामाई उच्चमावि परीक्षा केन्द्र जुन खुनुवाबाट सन्तोष साह र काशी  यादवलाई प्रहरीले पक्रेको हो । जिल्ला प्रहरी कार्यालय रौतहटले उनीहरुले चिट चोराउन नपाएपछि प्रहरी माथी आक्रमण गरेको  जनाएको छ ।
त्यस्तै आफैंले विद्यार्थीलाई चिट चोराउने चन्द्र भवानीपुर उच्च मावि परीक्षा केन्द्रका परीक्षा निरीक्षक वीरेन्द्र यादवलाई पनि प्रहरीले पक्रेको छ । त्यस्तै आइतबार रौतहटका विभिन्न परीक्षा केन्द्रबाट ३० जना परीक्षार्थी निष्काशित भएका छन ।

,

0 comments

Post Your Comments :