National
»
कांग्रेस नेतृमाथि नै बोक्सीको आरोप !
कांग्रेस नेतृमाथि नै बोक्सीको आरोप !
सिरहा, चैत १३- सिरहामा एक महिलामाथि बोक्सीको आरोपमा कुटपीट एको छ । स्थानीय कांग्रेस नेतृ सिरहा तुलसीपुर-३ की प्रेमशीला यादवमाथि आफ्नै जेठाजू गंगाइ यादवको परिवारले बोक्सीको आरोप लगाउँदै कुटपीट गरेपछि बिहीबार न्यायको माग गर्दै बिहीबार प्रहरीमा उजुरी दिएकी छन् । बोक्सी भन्दै गंगाइसहित जेठानी दुर्गादेवी यादव र उनका छोरा बिनोद यादवले निर्घात कुटपीट गरेपछि घाइते भएकी उनको स्थानीयस्तरमा उपचार सम्भव नभएपछि बिराटनगर न्यूरो अस्पताल लगिएको थियो ।अस्पतालबाट फर्किएपछि उनी न्याय माग्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी हालेकी हुन् । जेठाजुका परिवारले आफूलाई बोक्सीको आरोप लगाउँदै निर्घात कुटपिट गरेको प्रमशीलाले बताइन् ।आफ्नै आँगनमा बसिरहेको समयमा मंगलवार अपरान्ह कुटपीट भएको उनले बताइन् । प्रेमशीलालाई घर अगाडीको बाटोमा सुताएर निर्घात कुटिएको एक प्रत्यक्षदर्शीको भनाइ छ । कुटीएकी प्रेमशीला कांग्रेस क्षेत्र ३ की सदस्य हुन् । कुटपिटमा संलग्न भनिएका गंगाइलाई फक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । गंगाइको पत्नी र छोरा फरार भएकाले खोजी भइरहेको पनि प्रहरीले जनाएको छ । होली पर्वको बेला प्रेमशीलाले पकाएको परिकार खाएर गंगाइकी छोरी बिन्दादेवी बिरामी भएको भन्दै उनीहरले प्रेमशीलालाई बोक्सीको आरोप लगाएका हुन् । होलीको भोलिपल्ट देखि नै उनीहरुले प्रेमशीलालाई बोक्सीको अरोप लगाएका थिए । त्यसमा विवाद बढ्दै जाँदा जेठाजुका परिवार कुटपीटमा उत्रिएका थिए । । प्रहरीले घटनालाई गम्भीर रुपमा लिएको भन्दै अनुसन्धान भइरहेको जनाएको छ ।
0 comments
Post Your Comments :