मादक पदार्थ सेवन गरी परिक्षाहलमा पसेका सहायक केन्द्राध्यक्ष निस्कासित

|
|
पाँचथर, चैत्र १२,एसएलसी परीक्षाको पाँचौ दिन परीक्षा हलमै मादक पदार्थ सेवन गरी पसेका पाँचथर जोरपोखरी मावि भारपाका सहायक केन्द्राध्यक्षलाई जिम्मेवारीवाट निस्कासन गरेको छ।
परीक्षामा मदिरा सेवन गरी प्रवेश गर्ने गरेको सूचनाको आधारमा अघिल्लो दिन समेत सम्झाइ बुझाइ आफ्नो पदिय जिम्मेवारीको वोध गराए पनि अटेर गरी अनुगमनमा गएको वेला मादक पदार्थ सेवन गरकेा अवस्थामा फेला पारेको कारण सोहि परिक्षा केन्द्रका शिक्षक जीवन न्यौपानेलाई निस्कासन गरीएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ।
सहायक प्रमुख जिल्ला अधिकारी यज्ञप्रसाद आचार्य र विद्यालय निरिक्षक रनमायाँ फियाकको टोलीले सूचनाको आधारमा परीक्षा सुरु भएको डेढ घण्टा पछि सो केन्द्रमा पुग्दा उनलाई मादक पदार्थ सेवन गरीएको अवस्थामा परीक्षा केन्द्रमा फेला पारेपछि तत्काल निस्कासन गरीएको जिल्ला शिक्षा अधिकारी ज्ञानमणि नेपालले बताए ।
पाँचथरमा यस अघि मात्र परिक्षामा अमर्यादित गतिविधि गरेको भन्दै एक जना प्रहरी र ५ जना निरीक्षक निस्कासित भइसकेका छन्।

|
|



0 comments
Post Your Comments :